KFGVRFI34

रुकुममा खोलाले बगाउँदा दाजुबहिनीकाे मृत्यु

0

रूकुम पश्चिममा खाेलाले बगाउदा एकै घरका दाजुबहिनीकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा चाैरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथाेकीका १० वर्षीय छाेरा मनाेज र ६ वर्षिया छाेरी भावना बुढाथोकी रहेकी छन् ।

आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खाेलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुवैको शव डेढ सय मिटर तल फेला परेकाे थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34