KFGVRFI34

वर्किङ भिसामा क्यानडा पठादिने भन्दै अनलाइनबाट ३४ लाख बढी ठगी गर्ने दुई जना पक्राउ

0

सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी राखी राम्रो तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले कास्कीका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीका ३५ वर्षीय महावीर प्रसाद साहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपित नेपाली र साहले सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा स्टोरी राखेका थिए । स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्किङ भिसा पाइने भनी नक्कली विज्ञापन राखिएको थियो ।

यस्तो पोस्ट देखेपछि अमन प्रजापति (नाम परिवर्तन) लाई क्यानडा जाने इच्छा जाग्यो । उनले सो आईडीमा कुरा गर्दै जाँदा उनले पीडित मान्धरलाई क्यासियरको काम लगाइ दिने आश्वासन दिए ।

प्रहरीका अनुसार अमनलाई उनीहरूले मासिक पाँच हजार ७०० क्यानडियन डलर (नेपाली पाँच लाख ४५ हजार रुपैयाँ) तलब हुने बताए । त्यसको प्रोसेसिङका लागि अमनलाई ह्वाट्सएपमा च्याट गरेर आएल्ट्स सर्टिफिकेट, सीभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिन अनुरोध गरे ।

त्यसलगत्तै उनलाई इन्स्याेरेन्स, सेक्युरेटी डिपोजिट, एलोकेटेड फन्ड, भिजा भेरिफिकेसन रकम तिर्नुपर्छ भनी पीडितलाई नेपालमा रहेका विभिन्न व्यक्तिको नाममा सञ्चालित बैंक खाताहरूमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७१० रुपैयाँ पठाउन लगाए ।

पैसा पठाएर पनि काम नबनेपछि पीडित अमनले ठगी भएको चाल पाए । त्यसपछि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । .

आरोपित दुवै जनालाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34