KFGVRFI34

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो

0

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ।यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो।ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ।असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी ( ००४१) र दोस्रो दिन अनिवार्य नेपाली ( ००२१) विषयको परीक्षा दिनुपर्ने बताइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34