KFGVRFI34

कम समयमै घर सफा गर्ने तरिका

0

सफा घर सबैलाई मन पर्छ, तर घरलाई कसरी सफा गर्ने भन्ने विषयमा बेग्ला बेग्लै तौरतरिका हुनसक्छ । घरलाई कम समय र कम मेहनत गरेर पनि सफा गर्न सकिन्छ ।

धुलोलाई पछि सफा गर्छु भनेर छोड्नु हुन्न
घर सफा गर्दा पहिले झाडु–पोँछा लगाउने अनि पछि धुलो झार्ने बानी धेरैको हुन्छ । तपाईँहरूलाई लाग्न सक्छ धुलो पुछ्ने थोरै काम त हो नि भनेर । यो काम कति पटक तपाईँले दोहोर्‍याएर गर्नु पर्ने हुन्छ । पहिले अरू सफाइ सकेर धुलो झार्दा त्यो धुलो फेरी सामानहरूमा टाँसिन सक्छ । त्यसैले पहिले धुलो पुछेर मात्र अरू सफाइ गर्नु राम्रो हुन्छ ।

एउटै कपडाले धेरै सामान सफा गर्नु हुँदैन
सफाइ गर्ने तालमेल नमिलेको कारण धेरैले एउटै कपडाले टेलिभिजन सफा गरेर सोही कपडाले टेबल तथा अन्य सामान सफा गर्छौ । यसो गर्दा एउटा सामानमा लागेको धुलो अरू सामानमा पनि लाग्छ । त्यसैले एउटै कपडाले धेरै सामान एकै पटक सफा गर्न हुँदैन ।

स्टिल सफा गर्ने तरीका
स्टिलको भाँडा होस् वा ग्याँस चुलो सबैलाई हामी घुमाएर सफा गर्छौ । यसरी घुमाएर सफा गर्दा दाग लाग्छ । स्टिललाई राम्ररी सफा गर्ने तरिका भनेको सिधा गरेर हो, घुमाएर हैन । यसरी सिधा पुछ्दा दाग बस्दैन ।

साना सामानहरू सफा गर्न बिर्सन हुँदैन
सफाइ गर्दा प्रायः हामी साना सामानहरू सफा गर्न बिर्सन्छौ जस्तै–बत्ती, रिमोट, कुर्सीको हात अड्याउने भागहरू । यिनीहरूलाई सफाइ गर्न बिर्सन हुन्न नत्र तपाईँले गर्नु भएको अरू सफाइ पनि व्यर्थ हुन्छ । त्यसैले साना सामानहरूलाई पहिले सफा गर्नुपर्छ ।

किचनको सफाइ गर्दा पहिले भुँइको होइन
किचनमा प्रायः हामी पहिले भुँइको सफाइ गर्छौ र पछि भाँडा माझ्छौ । यसो गर्दा पछि फेरि भुँइ फोहोर हुने सम्भावना हुन्छ । त्यसैले पहिले भाँडा तथा अन्य सफाइ सकेर मात्र अन्तिममा भुँइको सफाइ गर्नुपर्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34