KFGVRFI34

काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा

0

काठमाडौं महानगरपालिका-१६का वडाध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो। उनको निधनमा शुक्रबार महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

‘आज वडाध्यक्षजी बित्नुभएको हुँदा भोलि शोक बिदा दिइएको छ,’ प्रवक्ता मानन्धरले भने।

वडाध्यक्ष रिजालको स्वास्थ्यमा समस्या देखिएपछि भदौ १७ गते उनलाई ग्रान्डी अस्पताल लगिएको थियो।

अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेका अनुसार रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) देखिएपछि सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो।

उपचारका क्रममा आज बिहान ७:३० बजे रिजालको निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। रिजाललाई डेंगीसमेत लागेको थियो।

उनी कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ सभापति र महानगर वडा नम्बर १६ अध्यक्षमा दुई पटक निर्वाचित भएका थिए।

रिजाल २०२७ सालमा जन्मेका थिए। उनी २०४६ को जनआन्दोलमा प्रहरी हिरासतमा रहेका थिए।

सरस्वती क्याम्पसमा पढ्दा नेविसंघमा आवद्ध भएर उनले राजनीतिमा प्रवेश गरेका थिए। रिजालले मानव अधिकारवादी संघ संस्थामा रहेर पनि काम गरेका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34