KFGVRFI34

नवलपरासी सवारी दुर्घटनामा तीन जनाको मृत्यु

0

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१४ चौपत्तास्थित सडकमा यूपी ५६ एएन ९६४९ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश घर भएकी ४५ वर्षीया मिरादेवी चौरासियाको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता हुँदै जिल्ला अस्पताल परासीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, पर्साको वीरगंज महानगरपालिका-१६ स्थित सडकमा ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारत घर भएका ५० वर्षीय सत्यनारायण यादवको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी बजार नजिक सडकमा बा.प्र.०२-०४३ प २८२१ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुर रक्सीराङ गाउँपालिका-९ घर भई ईलाका प्रहरी कार्यालय कोदारीमा कार्यरत प्रहरी हवल्दार शिवन कुमार प्रजाको बुधबार राति मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोदारीबाट पैदल गस्ती गर्ने क्रममा स्कुटरले ठक्कर दिई गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र बाह्रविसे हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34