KFGVRFI34

बेपत्ता भएको १० दिनपछि डाक्टर कोइरालाको शव फेला

0

झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ ।

उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख एव‌म् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।

झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो ।

डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34