KFGVRFI34

जुस होइन फलफूल नै खानुहोस्

0

नियमित फलफूलको जुस पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने मानिसहरू ठान्छन्। डाक्टरलेसमेत फलफूलको ताजा जुस पिउन सल्लाह दिएको देखिन्छ। तर, हालै सार्वजनिक गरिएको एक अध्ययनले फलफूलको जुस धेरै पिउँदा बेफाइदा हुने निष्कर्ष निकालेको छ।

अमेरिकी अनुसन्धानकर्ताहरूले गरेको पछिल्लो अध्ययनले शतप्रतिशत फलफूलको जुसलाई कोला वा लेमेनेडजस्ता गुलिया पेय पदार्थसँग तुलना गरेको छ। अध्ययनअनुसार फलफूलको जुस अधिक सेवनले ज्यानै जाने खतरा हुन्छ।

अध्ययनले पहिलोपटक फलफूलको जुस र चिनीयुक्त यी पेय पदार्थबीच समानता पाएको छ र दुवैको सेवनबाट अल्पायुमै मृत्युको खतरा बढ्ने देखाएको छ। तर,अनुसन्धानकर्ताहरूले यसबारे थप अनुसन्धान गर्नुपर्ने पनि बताएका छन्।

विज्ञहरूले यो अध्ययनलाई ज्यादै महत्त्वपूर्ण मानेका छन्। त्यसैले विज्ञहरू जुसको सट्टा फलफूल नै खान सल्लाह दिन्छन्।एजेन्सी

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34