KFGVRFI34

दिनमा कति हिँड्नु स्वास्थ्यको लागि राम्रो ?

0

विश्व स्वास्थ्य सङ्गठनको अनुसार ४ मध्ये १ जनाको हिँडाई पर्याप्त छैन । विशेष गरेर किशोर अवस्थाका बालबालिकाहरूमा ८० प्रतिशत भन्दा बढी पर्याप्त रूपमा हिँड्दैनन् । यसको कारणले मुटुरोग र कम उमेरमा मृत्यु हुने जोखिम २० देखि ३० प्रतिशतले बढ्ने गर्छ ।

हामी यदि दैनिक शारीरिक गतिविधिमा आफूलाई संलग्न भयौ भने यसले हाम्रो शरीरलाई मात्र स्वास्थ्य राख्ने हैन मानसिक स्वास्थ्यलाई पनि यसले राम्रो बनाउँछ । मुटु रोगका धेरै कारणहरूलाई हिडाईले मात्र पनि धेरै नियन्त्रण गर्न सकिन्छ । प्रेसर, सुगर, कोलेस्ट्रोल, मष्तिस्कघात तथा हृदयाघात जस्तो रोगहरूलाई शारीरिक सक्रियताले घटाउन सकिन्छ । त्यसैगरि विभिन्न किसिमका क्यान्सरलाई पनि हामी व्यायामको माध्यमले जोखिम घटाउन सकिन्छ ।

महिलाहरूमा हुने स्तन क्यान्सर, आन्द्रा क्यान्सरलाई पनि घटाउन सकिन्छ । यदि तपाई धेरै हिँड्नुभयो, व्यायाम गर्नु भयो भने मानसिक स्फूर्ति पनि राम्रो हुन्छ । यसले हाड जोर्नीको समस्यालाई पनि कम गर्छ । तर, कति हिँड्नु स्वास्थ्यकर हो भन्ने कुराको जानकारी हुन जरुरी छ । कुन उमेरको व्यक्ति, कस्तो अवस्था भएको व्यक्तिले कति हिँड्नु पर्छ भन्ने जानकारी धेरैलाई छैन ।

एउटा पुस्तकमा लेखिएको अनुसार मानिसको शरीर प्रतिदिन ६० किलोमिटर हिँड्ने हिसाबले बनाइएको छ । यदि मरुभूमिमा घोडा र मानिसको दौड लगाइयो भने २० किलोमिटरको दौडमा घोडा पछाडि पर्छ र मानिस अगाडी जान्छ ।

कोही व्यक्ति लामो समय देखि शारीरिक रूपमा निष्क्रिय छ भने उसलाई अचानक मृत्युको जोखिम धेरै हुन्छ । यसलाई अटोनोमीक डिस्फगंसन भनिन्छ । यदि वृद्धहरू नियमित हिँड्नु हुन्न भने अटोनोमीक डिस्फगंसन भएर मृत्यु हुने सम्भावना बढी देखिन्छ ।
हाम्रो जीवनशैली एकदमै विलासी छ जसले गर्दा हामी दिनप्रतिदिन निष्क्रिय भइरहेका छौँ ।

एउटा पुस्तकमा लेखिएको अनुसार मानिसको शरीर प्रतिदिन ६० किलोमिटर हिँड्ने हिसाबले बनाइएको छ । यदि मरुभूमिमा घोडा र मानिसको दौड लगाइयो भने २० किलोमिटरको दौडमा घोडा पछाडि पर्छ र मानिस अगाडी जान्छ । किनभने हामी जब हिँड्छौ, दौडन्छौ त्यो बेला हाम्रो शरीरबाट जुन पसिना आउँछ त्यो पसिनाले फेरि हाम्रो कुलिङ गर्छ र दौडने क्षमता बढाउँछ ।


कति हिँड्ने ?

विश्व स्वास्थ्य सङ्गठनको अनुसार एउटा स्वास्थ्य व्यक्तिले प्रत्येक दिन कम्तीमा ३० मिनेट छिटो छिटो हिँड्नु पर्छ । ३० मिनेट भनेको लगभग ३ किलोमिटर हो । मांसपेशीको व्यायाम पनि हप्तामा दुई पटक १० देखि १५ मिनेट गर्नुपर्छ । यो पूर्ण रूपमा स्वस्थे व्यक्तिको लागि हो ।

जसलाई उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल,मोटोपना वा अन्य केही रोग छ भने त्यस्तो व्यक्तिले ठ्याक्कै डबल भन्नाले ६० मिनेट हिँड्नु पर्ने विश्व स्वास्थ्य सङ्गठनको सल्लाह छ ।

अहिलेको अवस्था हेर्दा प्राय हरेक व्यक्तिमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल,मोटोपना जस्ता समस्याहरू छन् त्यसैले ६० मिनेट सबैले हिँड्नुपर्ने हुन सक्छ ।

५ देखि १७ वर्ष उमेर समूहले प्रत्येक दिन कम्तीमा ६० मिनेट हिँड्नु पर्छ । १८ देखि ६४ वर्ष उमेर समूहको व्यक्तिले कम्तीमा ३० देखि ६० मिनेट प्रत्यकदिन हिँड्नुपर्छ । ६५ वर्ष भन्दा माथिका उमेर समूहले पनि १ घण्टा भन्दा बढी हिँड्न जरुरी छ ।

५ देखि १७ वर्ष उमेर समूहले प्रत्येक दिन कम्तीमा ६० मिनेट हिँड्नु पर्छ । १८ देखि ६४ वर्ष उमेर समूहको व्यक्तिले कम्तीमा ३० देखि ६० मिनेट प्रत्यकदिन हिँड्नुपर्छ । ६५ वर्ष भन्दा माथिका उमेर समूहले पनि १ घण्टा भन्दा बढी हिँड्न जरुरी छ ।

उमेर बढ्दै जाँदा हाम्रो शररिमा रोगहरू पनि बढ्छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल जस्ता रोगहरू लाग्ने जोखिम बढ्दै जान्छ । त्यसैले उमेर अनुसार पनि हिँड्नु पर्ने हुन्छ यदि तपाई ३० वर्षको हुनुहुन्छ भने कम्तीमा ३० मिनेट हिँड्दा हुन्छ । ६० वर्षको व्यक्तिले ६० मिनेट हिँड्नु पर्छ किनकि उनीहरूमा रोग लाग्ने सम्भावना बढ्दै जान्छ । ६० वर्ष माथिको व्यक्तिले कसरी ६० मिनेट हिँड्न सक्छ भन्ने पनि लाग्न सक्छ । त्यसैले, ६० वर्ष बढी भएका व्यक्तिहरूले सम्म ठाउँमा बिस्तारै हिँड्नु पर्छ । यसो गर्दा रोगहरूबाट टाढा रहन सकिन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34