KFGVRFI34

रातभर पङ्खा चलाउनु स्वास्थ्यका लागि कति हानिकारक ?

0

गर्मीको समय छ । प्राय घरमा पङ्खा जडान गरिएको छ। धेरै मानिसहरू रातभर पङ्खा लगाएर सुत्छन् । एक रिपोर्टका अनुसार रातभर पङ्खा लगाएर सुत्ने बानी स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । जसका कारण तपाईँले धेरै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुनसक्छ ।

विज्ञहरूका अनुसार राति पङ्खा लगाएर सुत्दा कोठाको तापक्रम घट्छ तर यसका कारण धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। यदि गर्मी बढ्दै छ भने रातभर पङ्खा चलाउनु बाहेक अन्य धेरै उपायहरू छन्, जसले गर्दा कोठालाई चिसो राख्न सकिन्छ।

गर्मी हुँदा दिउसो कोठामा पर्दा लगाउने प्रयास गर्नुहोस्। यसले कोठाको तापक्रम कम राख्छ। साथै रातभर फ्यान चलाउनुहुन्छ भने आजैबाटै यसो गर्न बन्द गर्नुहोस्। यो बानीले तपाईँको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ। रातभर पङ्खा चल्दा धेरै प्रकारका रोग लाग्न सक्ने निद्रा विशेषज्ञ र म्याट्रेस नेक्स्टडेका सिइओ मार्टिन सीलेले यसबारे जानकारी दिएका छन्।

यस्ता समस्या हुन सक्छन्
रातभर पङ्खा लगाएर सुत्दा भोलिपल्ट शरीर दुख्ने समस्या हुन्छ । विशेष गरी यदि तपाईँलाई शरीर दुखेको छ भने, पङ्खा मुनि सुत्नु तपाईँको लागि झनै कष्टकर हुन सक्छ। यस्तो अवस्थामा राती पङ्खा मुनि सुत्नु हुँदैन । मार्टिन सीलेका अनुसार चिसो हावाले मांसपेशीहरू तन्किन्छ र तपाईँले अझ बढी दुखाई भोग्नु पर्ने हुन्छ । यसका साथै तपाईँले आफ्नो घाँटीमा पनि दुखाइ महसुस गर्नुहुनेछ। खास गरी दमका बिरामीले यसो गर्नुहुँदैन, यसका कारण दिउँसो बढी हाच्छ्युँ आउने, आँखामा पानी आउने र सास फेर्न गाह्रो हुने उनको भनाइ छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34