KFGVRFI34

मुगुको लुम्सा गाउँमा पहिरोको जोखिममा रहेका ३४ घर परिवारलाई अन्तै सारियो

0

जुम्ला – बाढी र पहिरोका कारण विस्थापित भएका मुगुको छायाँनाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका परिवारलाई सरकारले स्थानान्तरण गरेकाे छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले मुगूम कार्माराेङ गाउँपालिका–९ चिमाथमा ३४ वटा घर निर्माण गरेर लुम्साका विस्थापित परिवारलाई स्थानान्तरण गरेकाे हाे ।भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार दलित आवास कार्यक्रमअन्तर्गत प्रतिघर पाँच लाख रुपैयाँका दरले घरहरू निर्माण भएका छन् ।

विसं २०३६ साल, २०६३ साल गरी विभिन्न समयमा आएको पहिरोबाट यो गाउँ जोखिममा परेको थियो । स्थानीय पूर्णचन्द्र विश्वकर्माका अनुसार २०६३ सालमा दुई वटा घर भत्किनुका साथै बस्ती नै जोखिममा परेकाे थियो ।

भवन निर्माण आयोजनाका जुम्लाका सवईन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्सामा बाढि पहिरोका कारण बिस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका वडा नम्बर ९ चिमाथ साविक माग्री १ गाउँको पेरेपानी कासीघर नाउलामा स्थानान्तरणका लागि पूर्वाधार सहित आवास निर्माण कार्य कार्यक्रम अन्तरगत पहिरोमा भत्किएका घर निर्माण गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34