KFGVRFI34

सानिमा रिलायन्स लाइफद्वारा बोनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँ पाउने

0

सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को बीमालेखहरुको बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार १९ रुपैयाँदेखि अधिकतम ७० रूपैयाँसम्म बोनस पाउनेछन् ।

सवाधिक जीवन बीमा योजना (रेगुलर)
कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

सवाधिक जीवन बीमा योजना (एकल)
कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

त्रिपल सवाधिक बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

दम्पति सवाधिक बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

सवाधिक तथा आजीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

अग्रिम भुक्तानी योजना
यस बीमा पोलिसीमा १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी योजना
यस बीमा योजनामा १५ देखि १९ वर्षको लागि प्रति हजार १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34