KFGVRFI34

यी हुन् कपालमा मेथी र दही लगाउँदा हुने फाइदा

0

मेथी भान्सामा नियमित प्रयोग हुने मसला हो । मेथीलाई बहुगुणी खाद्यपदार्थका रूपमा लिने गरिन्छ । यसलाई खाँदा स्वास्थ्यमा र प्रयोग गर्दा मुहार एवं कपालको सुन्दरता एवं चमक दिन्छ । मेथीका धेरै फाइदा छन् ।

यसलाई कपाल सुन्दर र चम्किलो बनाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । मेथीले चाया हटाउन पनि मद्दत गर्छ ।

कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ । यसको पेस्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ, साथै मुलायम र चम्किलो पनि देखिन्छ ।

मेथीको दानामा कपाललाई मजबुत गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ, जसले हाम्रो शरीरलाई पनि ऊर्जा दिन्छ ।

चायाबाट मुक्ति
यदि तपाईंलाई चायाको समस्या छ भने मेथीतपाईं का लागि अचुक औषधि बन्छ । सामान्यतया सुक्खापनले चाया पर्ने गर्छ । टाउकाको छाला सुक्खा भयो भने कपाल पनि रुखो हुन्छ । जसले गर्दा सुन्दरता हराएर जान्छ ।

त्यस्तो अवस्थामा मेथी सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेस्ट बनाउनुस् र यसलाई कपालको जरासम्म पुग्ने गरी लगाउनुस् ।

अलिअलि मसाज गर्दा पनि राम्रो मानिन्छ । यसरी लगाएको करिब ३० मिनेटपछि सफासँग पखाल्नुहोस् । तपाईंको कपालमा भएको चाया सफा हुन्छ । साथै छाला र कपाललाई पनि सुन्दर बनाउँछ । कम्तीमा महिनामा तीनपटक यो पद्दति अपनाउनुभयो भने चायाबाट हुने समस्याबाट मुक्ति पाउनुहुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34