KFGVRFI34

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत पक्राउ

0

बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँसहित बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा यो रकम भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सापकोटाका साथमा रहेका त्यही कार्यालयमा कार्यरत दिपक पौडेल भने फरार रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

रकम लिएर सापकोटा श्री एअरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाण्डाै जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको डाँगीले बताउनु भयाे ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34