KFGVRFI34

यसकारण हुन्छ घरमा कलह-झगडा

0

सबैको चाहना हुन्छ, घरमा खुसीयाली र शान्ति होस् । तर, कैयौँपटक वास्तु दोषका कारण धेरैको यो इच्छा पूरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान गर्न सकिन्छ ।

कोठामा सूर्यको प्रकाश
घर बनाउँदा वा किन्दा विशेषगरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबिच प्रेम र स्नेह बढ्दछ ।


धातुको पलङ

सुत्ने खाट, पलङ वा ओच्छ्यान कहिल्यै धातुको हुनु हुँदैन । काठको बेड नै सबैभन्दा शुभ मानिन्छ । यस अलावा पति–पत्नी सुत्ने बेडमा एकै डसना भएको हुनुपर्दछ । दुई डसना जोडेर बनाएको ओछ्यानमा सुते पति पत्नीबिच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

डाइनिङ रुम
डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनुपर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।


भित्ता वा पर्खाल

यदि, घरको कुनै पर्खाल चर्किएको भए त्यसलाई तुरुन्तै मर्मत गर्नुपर्दछ । घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34