KFGVRFI34

डिप्रेसनको औषधि बन्न सक्छ खतरा

0

उदासी उत्पन्न गर्ने रोग र चिन्ताबाट बच्न प्रयोग गरिने औषधि जीवनको लागि घातक हुने दाबी गरिएको छ । एक अनुसन्धानका अनुसार यस्ता औषधिले मृत्युको जोखिम झन् बढाउँछ ।

उदासी उत्पन्न गर्ने रोग र चिन्ताबाट बच्न प्रयोग गरिने औषधि जीवनको लागि घातक हुने दाबी गरिएको छ । एक अनुसन्धानका अनुसार यस्ता औषधिले मृत्युको जोखिम झन् बढाउँछ ।

साइको थेरापी एन्ड साइको म्याटिक्समा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार यस्ता औषधि नलिने व्यक्तिको दाँजोमा औषधि सेवन गर्नेहरूमा मृत्युको सम्भावना ३३ प्रतिशतसम्म बढेको देखिएको छ ।

अध्ययनअनुसार औषधि सेवन गर्नेहरूमा मुटुसम्बन्धी रोगहरू जस्तै पक्षाघात, हृदयाघात बढी देखिएका छन् । जसबाट ज्यान लिन सक्ने रोग हुने सम्भावना १४ प्रतिशत बढ्छ ।

मस्तिष्कमा सेराटोनिनको प्रभावले हाम्रो ‘मुड’ बन्नुको साथै बिग्रिन्छ । डिप्रेसनबाट बँच्न सामान्यत: यस्तो औषधि दिइन्छ जो न्युरोनको माध्यमले सेराटोनिनलाई अवशोषित गरेर डिप्रेसनको प्रभावलाई रोक्छ । तर सेरोटोनिन शरीरको प्रमुख अंग फोक्सो, मुटु, कलेजो, मृगौला आदिमा रगत
सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । डिप्रेसनबाट बँच्न लिइने औषधि यी अंगहरूमा सेराटोनिनको अवशोषणलाई रोक्छ, जसले ती अंगहरूको काममा नराम्रो प्रभाव पर्छ । उसो त डिप्रेसन आफैंमा पनि ज्यान लिने खालको हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34