KFGVRFI34

पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान सुरू (तस्बिरहरू)

0

पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप अभियान सुरू भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले अभियानको उद्घाटन गरेका हुन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गरेका हुन्।

अभियान अन्तर्गत सात प्रदेशका सात वटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेसन’ का रूपमा दिइन थालिएको हो।

खोप अभियानसँगै मन्त्री बस्नेतले आफ्नो जन्मदिन पनि मनाए।

खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ।

खोप अभियान आज ६ प्रदेशका ६ अस्पतालमा र बिहीबार कोशी प्रदेशको कोशी अस्पतालबाट किशोरीलाई एचपिभी खोप दिइनेछ।

आज मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ। खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ।

आज पहिलो मात्रा दिइने र ६ महिनापछि दोस्रो मात्रा खोप दिइने छ। पहिलो मात्रा जहाँ लगाएको हो त्यही नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ।

सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34