KFGVRFI34

तपाईलाई पर्यो त सिटिजन लाइफको आईपीओ ? यी तरिकाबाट हेर्नुहोस् नतिजा

0

सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालय काठमाडौंमा आज दिउँसो २ बजे आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका हुन् । जसमध्ये १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि योग्य भएका छन्। अर्थात् आवेदन दिएका मध्ये १ लाख ७७ हजार ३ सय ६० जना आवेदन अयोग्य भएका छन् ।

माग भन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड भएको छ । गोलाप्रथाबाट ९ लाख जना आवेदक १०/१० कित्ताको दरले शेयर पाएका छन् । बाँकि ५ लाख ७ हजार २३७ आवेदकको खाली भएको छ।

इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो। इन्स्योरेन्सले सर्वसाधारण लगानीकर्ताहरुका लागि ९० लाख कित्ता शेयर लागि निष्काशन गरेको थियो।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.nimbacecapital.com

२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34