KFGVRFI34

१५ वर्षमा वैदेशिक रोजगारीमा गएका १२ हजार ३५७ ले गुमाए ज्यान

0

वैदेशिक रोजगारीमा गएका युवाहरूको मृत्युको ग्राफ निकै भयावह देखिएको छ।

पछिल्ला १५ वर्ष (२०६५ देखि २०८० भदौ १९ सम्म) मा वैदेशिक रोजगारीका लागि विाभिन्न मुलुक पुगेका १२ हजार ३५७ जनाले ज्यान गुमाएका छन्।

यो संख्या श्रम स्वीकृति लिएर जानेहरूको मात्रै हो। अवैध प्रकृया तथा माध्यमबाट वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेहरूको संख्या जोड्ने हो भने विदेशी भूमिमा ज्यान गुमाउनेहरूको संख्या अझ भयावह छ।

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने भन्न छुटाउँदैन। तर व्यहारमा भने सुरक्षित बनाउने पहल हुन सकेको देखिँदैन।

यस्तो छ १५ वर्षमा ज्यान गुमाउनेहरूको देशगत विवरण:

chart-1694778049.jpg

बोर्डको तथ्यांकअनुसार मलेसियामा सबैभन्दा धेरै ३१.८९ प्रतिशत नेपालीले ज्यान गुमाएका छन्। साउदीमा २७.१९ र कतारमा १९ प्रतिशतले ज्यान गुमाएका छन्।

यो मुलुक नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक रहेको र यहाँ काम गर्न जाने श्रमिकहरूको संख्या पनि ठूलो रहेका कारण मृत्युको संख्या पनि बढी देखिएको हुन सक्ने अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगार बोर्डको तथ्यांकले सबैभन्दा धेरै प्राकृतिक कारणले मृत्यु हुने गरेको देखाएको छ। कार्यस्थल दुर्घटना, सडक दुर्घटना, आत्महत्या तथा अन्य विभिन्न कारणले पनि गन्तव्य मुलुकमा ठूलो संख्यामा श्रमिकहरूले ज्यान गुमाउने गरेका छन्।

बोर्डका कार्यकारी निर्देशक द्वारीका उप्रेतीले पछिल्लो समय सडक दुर्घटना तथा आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या बढेको बताए।

‘जापान र दक्षिण कोरियामा आत्महत्याको दर बढ्दो देखिएको छ। यी मुलुकहरूमा कडा परिश्रम गर्नुपर्ने, खर्च बढी हुने जस्ता समस्याका कारण पनि कतिपय युवाहरूले आत्महत्या गर्ने गरेको पाइएको छ,’ उनले भने।

गन्तव्य मुलुकमा खानपानको सन्तुलन नहुनु, कामको अत्याधिक चाप तथा शरीरका लागि आवश्यक आराम नपुग्दा मुटु, मृगौलामा समस्या देखिने गरेको पाइएको छ।

यस्तो छ मृत्युको कारण:

कारण संख्या
प्राकृतिक मृत्यु २,४१८
बिरामी १,९९८
कार्डियाक अरेस्ट १,५६५
सडक दुर्घटना १,५३४
अन्य १,४३८
आत्महत्या १,३७९
कार्यस्थल दुर्घटना ७९४
हृदयघात ७८५
थाहा नभएको १९७
अनुसन्धान भइरहेको १७६
हत्या ७३
जम्मा १२,३५७
विदेशमा ज्यान गुमाएका धेरै नेपालीहरूको त मृत्युको कारण नै खुल्दैन। सुतेकै अवस्थामा मृतक भेटिएकाहरूलाई सम्बन्धित गन्तव्य मुलुकले ‘नेचुरल डेथ’ भनेर पठाउने गरेको छ। उनीहरूको पोष्टमार्टम समेत गरिँदैन। पछिल्ला १५ वर्षमा ३४.१३ प्रतिशतको मत्युको कारण प्राकृतिक भएको बोर्डले जनाएको छ।

यो अवधिमा १.५९ प्रतिशतको मृत्युको कुनै पनि कारण थाहा नै नभएको उल्लेख छ।

श्रमिकको कार्यस्थल असुरक्षित हुँदा पनि विदेशी भूमिमा अकालमा ज्यान गुमाउन परेको छ। ६.४२ प्रतिशतले विभिन्न मुलुकमा कार्यस्थलमै ज्यान गुमाएका छन्।

विदेशमा विभिन्न कारणले ज्यान गुमाएकाहरूका परिवारलाई बोर्डले ७ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गर्दै आएको छ। यो सहायता वैदेशिक रोजगारीका क्रममा श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाटै प्रदान गरिन्छ।

तीन वर्षका लागि जाने हो भने श्रमिकले कोषमा प्रतिव्यक्ति १५ सय र तीन वर्षभन्दा बढी करार अवधिका लागि जाने हो भने २५ सय रूपैयाँ जम्मा गर्नुपर्ने कानुनी प्रावधान छ।

१५ वर्षमा विदेशिए ७२ लाख

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार १५ वर्षको अवधिमा रोजगारीको खोजीमा ७२ लाख ८० हजार ५२१ जना विदेशिएका छन्।

मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइनलगायत मुलुक नेपालीहरूका आकर्षक गन्तव्य रहेको तथ्यांकले देखाएको छ। पछिल्लो तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९/८० मा युरोपतिर पनि नेपालीहरूको आकर्षण देखिएको छ।

साइप्रस, क्रोएसिया, पोल्याण्ड, पर्चुगललगायत युरोपका विभिन्न मुलुकमा ठूलो संख्यामा नेपालीहरू श्रम स्वीकृति लिएर पुग्न थालेका छन्।

कामका लागि कुन वर्ष कति विदेशिए?

आर्थिक वर्ष

वैदेशिक रोजगारमा गएको संख्या

२०६५/६६

२१९,९६५

२०६६/६७

२९४,०९४

२०६७/६८

३५४,७१६

२०६८/६९

३८४,६६५

२०६९/७०

४५३,५४३

२०७०/७१

५२७,८१४

२०७१/७२

७०३,८३२

२०७२/७३

६४०,९८१

२०७३/७४

६४२,८५९

२०७४/७५

६१२,६८५

२०७५/७६

५०८,८२८

२०७६/७७

३६८,४३३

२०७७/७८

१६६,६९८

२०७८/७९

६३०,०९०

२०७९/८०

७७१,३२७

जम्मा

७,२८०,५२१

सरकारले पारिश्रमिक र सेवा सुविधाका हिसाबले आकर्षित तथा सुरक्षित गन्तव्य मुलुकको खोजी गरिरहेको जनाएको छ। बोर्डकी निर्देशक सीता दुवाडीले बोर्डले पनि सुरक्षित गन्तव्य मुलुकबारे अध्ययन गरिरहेको बताइन्।

बोर्डका कार्यकारी निर्देशक उप्रेतीले सीप नसिकी जाँदा गन्तव्य मुलुकमा श्रमिकहरूले विभिन्न समस्या झेल्नु परेका कारण अब सीप सिकाएर मात्रै वैदेशिक रोजगारीमा पठाउने गरी कदम चालिने बताए।

‘सीप नहुँदा तलब पनि कम छ, दुर्घटना तथा मृत्युको जोखिम पनि बढेको छ। अब सीप नसिकी वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने।

सरकारले हालसम्म १११ वटा मुलुकहरूलाई वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरेको छ। व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १७८ मुलुकमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्।

आर्थिक वर्ष वैदेशिक रोजगारमा गएको संख्या
२०६५/६६ २१९,९६५
२०६६/६७ २९४,०९४
२०६७/६८ ३५४,७१६
२०६८/६९ ३८४,६६५
२०६९/७० ४५३,५४३
२०७०/७१ ५२७,८१४
२०७१/७२ ७०३,८३२
२०७२/७३ ६४०,९८१
२०७३/७४ ६४२,८५९
२०७४/७५ ६१२,६८५
२०७५/७६ ५०८,८२८
२०७६/७७ ३६८,४३३
२०७७/७८ १६६,६९८
२०७८/७९ ६३०,०९०
२०७९/८० ७७१,३२७
जम्मा ७,२८०,५२१

सरकारले पारिश्रमिक र सेवा सुविधाका हिसाबले आकर्षित तथा सुरक्षित गन्तव्य मुलुकको खोजी गरिरहेको जनाएको छ। बोर्डकी निर्देशक सीता दुवाडीले बोर्डले पनि सुरक्षित गन्तव्य मुलुकबारे अध्ययन गरिरहेको बताइन्।

बोर्डका कार्यकारी निर्देशक उप्रेतीले सीप नसिकी जाँदा गन्तव्य मुलुकमा श्रमिकहरूले विभिन्न समस्या झेल्नु परेका कारण अब सीप सिकाएर मात्रै वैदेशिक रोजगारीमा पठाउने गरी कदम चालिने बताए।

‘सीप नहुँदा तलब पनि कम छ, दुर्घटना तथा मृत्युको जोखिम पनि बढेको छ। अब  सीप नसिकी वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने।

सरकारले हालसम्म १११ वटा मुलुकहरूलाई वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा खुला गरेको छ। व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १७८ मुलुकमा नेपालीहरू वैदेशिक रोजगारीमा जाने गरेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34