KFGVRFI34

आयोडिन नुनमा भेटियो खानै नहुने यस्तो पदार्थ

0

नेपाल साल्ट टेड्रिङ कर्पोरेसनले अनुदानमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुनमा ढुङ्गालगायत अखाद्य पदार्थ मिसाइएको पाइएको छ। कम्पनी शाखा कार्यालय मुगुले दिँदै आएको आयोडिन नुनमा ढुङ्गा र दालका टुक्रा पाइएको छ। छायानाथ रारा नगरपालिका–१ कि सेवाग्राही भुकुटी रावत भामले साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालय मुगुबाट लगेको आयोडिन नुनमा ढुङ्गा भेटिएको बताउनुभयो। उहाँका अनुसार नुनमा ढुङ्गाका टुक्रा भेटिएपछि नुनलाई पानीमा राखेर प्रयोग गर्ने गरिएको छ। उपभोक्ता हित संरक्षण मञ्च मुगुका चित्रबहादुर मल्लले दुर्गमका जनताले जस्तो पाए पनि खान्छन् भन्ने हिसाबले कर्णालीमा गुणस्तरीय जाँच नगरी प्रादेशिक लिमिटेड कार्यालयले नुन पठाएको बताउनुभयो।

साल्ट ट्रेडिङले स्वास्थ्यका लागि ‘नुन थोरै खाऔँ तर सही मात्रामा खाऔँ, सही मात्रामा बालबालिका चिन्ह भएको पाकेटको नुन मात्र खाऔँ’ भन्ने लिमिटेडको नारा रहेको बताए पनि नाराले जिल्लामा योग्य नुन नखुआएको स्थानीय राजेश कार्कीले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म अयोग्य नुन भनेर स्थानीयबाट सूचना नआएको बताउनुभयो।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख देवेन्द्रकुमार महतोले प्रादेशिक कार्यालय नेपालगन्जको आयोडिन नुन उत्पादन गर्ने निकायबाट अखाद्य पदार्थ मिश्रण भएको हुन सक्ने बताउनुभयो। २०७९/८० आर्थिक वर्षमा लिमिटेडको तथ्याङ्क अनुसार जिल्लामा अनुदानको नुन तीन हजार ३९० क्विन्टल आयात भएको जनाइएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34