KFGVRFI34

असोज देखि पैसै-पैसासँग खेल्नेछन् यी ३ राशि : बुधदेवले खोल्नेछ बन्द किस्मतको ताला

0

ज्योतिष शास्त्रमा राशि र ग्रहहरुको ठूलो महत्व छ। जब कुनै ग्रहले आफ्नो राशि परिवर्तन गर्छन्, त्यसको असर सबै १२ वटै राशिहरुमा पर्छ। यो प्रभाव राम्रो वा नराम्रो दुवै हुन् सक्छ। ग्रहहरूको राजकुमार बुधले पनि हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ। बुधलाई बुद्धि र व्यापारको दाता भनिन्छ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – कार्यव्यस्तता बढेर जानेछ । शारिरिक आरोग्यता अनुकूल रहनेछ। घरायसी खर्चको मात्रा केही बढेर जानेछ। पठनपाठनमा मध्यम फलदायी समय रहेको छ। सामाजिक कार्यमा अभिरुचि बढेर जानेछ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । आम्दानीका नयाँ स्रोत फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जानेछ। अनावश्यक विवादमा पार्ने सम्भावना रहेकाले बोलीचालीमा विचार पुु¥याउनुपर्ने देखिन्छ। रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – सामान्य अस्वस्थताको सम्भावना रहेको छ । गर्न आँटेका काममा अनावश्यक बाधा अड्चनका साथै ढिलासुस्तीसमेत गराउने देखिन्छ। सन्तान एवं परिवारको चिन्ताले केही बढी नै पिरोल्नेछ । आत्मबल भने उच्च रहनाले कार्यक्षमतामा वृद्धि भएर जानेछ । बाह्रौँ बृहस्पतिका कारण पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा रुकावट आइपर्नेछन्। लेनदेन तथा नयाँ लगानी नगर्दा राम्रो हुने छ । महिनाको उत्तरार्धमा रोकिएका काम क्रमशः बन्दै जाने छन् ।

मिथुन राशि
– का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जानेछ। शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमे त बढेर जाला । प्रतिस्पर्धामा सफलता मिल्नेछ भने विवादमा जित गराउने छ । काममा आएका बाधाअड्च क्रमशः हट्दै जाने छन् । पठनपाठनमा गहिरो मन लाग्ने छ । रमाइलो ठाउँको भ्रमणका साथै मनोरञ्जनका अवसर समेत मिल्नेछन्। आर्थिक पक्षका कामबाट राम्रो लाभ गराउला। सन्तान एवं परिवारको तर्फबाट सन्तोष मिल्नेछ। महिनाको उत्तरार्धमा आकस्मिक यात्रा एवं स्थान परिवर्तनको समेत सम्भावना रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34