KFGVRFI34

एसिया कप फाइनलमा श्रीलङ्काले टस जित्याे, भारतले बलिङ गर्दै

0

एसिया कप क्रिकेट २०२३ काे फाइनलमा श्रीलङ्काले टस जितेकाे छ ।

काेलम्बाेमा टस जितेर श्रीलङ्काका कप्तान दसुन शनाकाले ब्याटिङ राेजेपछि भारतले बलिङकाे निम्ताे पाएकाे हाे । श्रीलङ्काले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

पूरै प्रतियाेगितामा जस्तै फाइनल खेलमा पनि वर्षाका सम्भावना रहेकाे छ । माैसम विभागका अनुसार साढे ६ बजेसम्म पानी पर्ने सम्भावना २७ देखि ४१ प्रतिशतसम्म छ । यस्तै बेलुकी साढे ६ बजेदेखि पानी पर्ने सम्भावना झन्डै ७७ प्रतिशत छ । बेलुकी साढे ७ देखि साढे ११ बजेसम्म पानी पर्ने सम्भावना १९ देखि २२ प्रतिशतसम्म छ ।

एसिया कपमा भारत र श्रीलङ्का सर्वाधिक सफल टिममा पर्छन् । भारतले ७ पटक र श्रीलङ्काले ६ पटक उपाधि जितेकाे छ । यस्तै पाकिस्तानले २ पटक उपाधि जितेकाे छ । एसिया कपकाे याे १६ औँ संस्करण हाे ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34