KFGVRFI34

हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, यी तरिकाबाट हेर्नुहोस् नतिजा

0

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे बाँडफाँड गरेको हो ।

हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् ।

मागभन्दा बढी आवेदन परेको कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड भएको छ। जसमा भाग्यमानी १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये थप १० जनाले २१ कित्ताका दरले सेयर पाएका छन्।

सदर आवेदकमध्ये ११ लाख ४६ हजार ३२२ आवेदकको हात खाली भएको छ।

कम्पनीले सर्वसाधारणको लगि २४ लाख २७ हजार ७५० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धकको वेबसाइट : https://globalimecapital.com/

२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34