KFGVRFI34

उमेरको हिसाबले दैनिकरुपमा कति ‘भिटामिन डी’ चाहिन्छ ?

0

मानिसको शरीर जब स्वस्थ हुन्छ तब उसको शरीरमा भिटामिन, खनिज र प्रोटिन लगायत अन्य पोषक तत्त्वहरूको आवश्यक मात्रामा भरिपूर्ण हुन्छ । यस्ता पोषक तत्वहरुले रोग प्रतिरोधात्मक क्षमतासमेतलाई वृद्धि गर्छ । अनुसन्धानहरुका अनुसार ’भिटामिन डीले सार्स, कोभिड(१९ जस्ता रोगहरुबाट हुने जोखिम पनि कम गर्दछ। यस सन्दर्भमा, भिटामिन डी शरीरको लागि धेरै महत्वपूर्ण रहेको छ।

चिकित्सकहरुकाअनुसार भिटामिन डीको मात्रा उमेरको हिसाबले निर्भर हुँदछ। अर्थात्, प्रत्येक दिन मानिले आफ्नो उमेरअनुसार भिटामिन डीको खपत गर्नुपर्दछ त्यसपछि मात्र यसको उचित फाइदाको मापन गर्न सकिन्छ। शरीरका लागि पाँच प्रकारका भिटामिन डी आवश्यक पर्दछ, भिटामिन डी–१, भिटामिन डी–२, भिटामिन डी–३ , भिटामिन डी–४, भिटामिन डी–५ । यी सबै प्रकारका भिटामिन डी शरीरमा विभिन्न रूपमा काम गर्दछन् ।

भिटामिन डीले शरीरलाई संक्रमणबाट बचाउन मुख्य भूमिका खेल्ने गर्दछ। भिटामिन डी शरीरको प्रतिरोध क्षमता बढाउन पनि उपयोगी हुन्छ र यसले स्नायु प्रणालीको कामलाई पनि मद्दत गर्दछ। भिटामिन डीले मोटोपना र क्यान्सर जस्ता प्राणघातक रोगहरुबाट बचाउन मद्दत गर्दछ।

भिटामिन डीले मुटुरोगको जोखिम कम गर्नुको साथै मधुमेह जस्ता रोगबाट बच्न मद्दत गर्दछ। यदि शरीरमा लामो समयसम्म भिटामिन डीको कमि भयो भने मोटोपना र शरीर सुन्निने जोखिम बढ्ने गर्छ ।

भिटामिन डीको मुख्य स्रोत भनेको सूर्यको प्रकाश हो। जब घाम वा सूर्यको किरण व्यक्तिको छालामा पर्छ, तब शरीरमा भिटामिन डी उत्पादन हुने गर्दछ। यो एक प्राकृतिक प्रक्रिया हो, जसले भिटामिन डी उत्पादन गर्दछ। यस बाहेक केहि खानाहरुमा पनि भिटामिन डी पाइने गर्छ।

डाइट फूडमा, भिटामिन डीको मात्रा टमाटर, शलगम, च्याउ, चीज, कागती, माछा तथा माछाको तेल, अण्डाको पहेंलो भागमा पाइन्छ भने चुकन्दर र सख्खरखण्डमा पनि भिटामिन डीको केही मात्रा हुन्छ। विभिन्न अनुसन्धानले डार्क चकलेटमा पनि भिटामिन डी पाइने पुष्टि गरेको छ।

कुन उमेर समूहकाले कति भिटामिन डी सेवन गर्ने ?

१ वर्षदेखि ७० वर्ष उमेर समूहका लागि १५ माइक्रोग्राम भिटामिन डी आवश्यक पर्दछ। त्यसैगरी, ७१ देखि माथिका उमेर समुहका लागि शरीरमा २० माइक्रोग्राम भिटामिन डीको आवश्यक पर्दछ। यसैगरी, गर्भवती महिला र स्तनपान गराइरहेको महिलाहरुमा १५ माइक्रोग्राम भिटामिन डीको आवश्यकता पर्दछ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34