KFGVRFI34

खानेलाई भन्दा नखानेलाई बढी पिर्ने धुम्रपान

0

बाटो हिँड्दा, सार्वजनिक यातायातका साधनमा चढ्दा, पार्कतिर डुल्दा वा रेष्टुराँतिर खाजा–खाना खान बस्दा हामीले धेरै पटक भोग्ने गरेका छौं– छेउछाउका थुप्रै मानिसहरु बुङबुङ चुरोट पिउने गर्छन् । त्यस्तो अवस्थामा हिम्मत गर्ने कतिपयले त सोझै चुरोट नखाइदिन अनुरोध पनि गर्न सक्छन् । तर त्यसरी भन्न नसक्नेले चाहिँ चुरोटको धुँवाबाट बच्न रुमालले मुख छोप्न वा रुमाल, कागजले हम्कन थाल्छन् । अझ कतिपय त झ्यालको छेउछाउतिर गएर बस्छन् पनि ।

हामीमध्ये धेरैले सोच्ने गर्छौं, चुरोट खाएको ठाउँको झ्याल ढोका खोलिदिएपछि वा रुमालले मुख छोपेपछि त्यसको धुँवासँगै असर पनि त हटेर गइहाल्छ नि । अथवा भनौं, कसैले चुरोट खाइरहेको ठाउँमा जानुपर्दा झ्याल वा भेन्टिलेसनको छेउमा बसेपछि त त्यसले असर गर्न पाउँदैन भन्ने हामी ठान्छौं !

तर वास्तवमा त्यस्तो हुँदैन ।
धुम्रपानका अम्मलीले धुम्रपान गर्न रोकेको घण्टौंसम्म हावामा वा वरिपरिका वातावरणमा चुरोटका धुँवामा हुने हज्जारौं विषालु रसायनहरुको असर र प्रभाव रहिरहन्छ । त्यस्ता विषालु पदार्थ धुवाको रुपमा मात्र हैन, खरानी वा अन्य विभिन्न कणहरुका रुपमा समेत धुम्रपान गर्ने व्यक्तिका साथसाथै उनका नजिक रहेका व्यक्तिको कपाल, छाला, कपडा, भित्ता, कार्पेट, फर्निचर लगायतका वस्तुहरुमा निक्कै लामो समयसम्म टाँस्सिएर रहेका हुन्छन् । यही कारण नै घन्टौं पहिले कसैले धुम्रपान गरिसकेको कोठामा निक्कैपछि पस्दा पनि हामीलाई ह्वास्स चुरोट गन्हाउने गर्छ । त्यसैले कसैले तत्काल चुरोट खाइरहेको छैन तर केही समय पहिले खाएको छ भने पनि हामी त्यसको दुस्प्रभावबाट बच्न सक्दैनौं । अझ बच्चा तथा केटाकेटीहरुलाई त त्यसले पार्ने असरको प्रभाव झनै बेसी हुने गर्छ ।

तपाईं आफू चुरोट बिँडी खानुहुन्न तर तपाईंको छेउछाउमा कसैले खान्छ भने तपाईं त्यसको दुस्प्रभावबाट कुनै हालतमा पनि बच्न सक्नु हुन्न । चुरोट खानेलाई त त्यसले गाल्छ, गाल्छ, त्यसका साथसाथै, नखाने तर चुरोटको त्यो हत्यारा धुँवाको संसर्गमा आएका मानिसलाई समेत रोग र मृत्युको खाडलमा धकेलिदिन्छ ।
धुम्रपानका अम्मलीले श्वासभित्र हुलेर हावामा छाडेका धुँवामा पाइने रसायनहरु यति खतरनाक र विषालु हुन्छन्, जसले खानेलाई मात्र हैन, त्यो धुँवाले भेट्न जो कसैलाई पनि नराम्रो असर गर्ने गर्छ । तपाईं आफू चुरोट बिँडी खानुहुन्न तर तपाईंको छेउछाउमा कसैले खान्छ भने तपाईं त्यसको दुस्प्रभावबाट कुनै हालतमा पनि बच्न सक्नु हुन्न । चुरोट खानेलाई त त्यसले गाल्छ, गाल्छ, त्यसका साथसाथै, नखाने तर चुरोटको त्यो हत्यारा धुँवाको संसर्गमा आएका मानिसलाई समेत रोग र मृत्युको खाडलमा धकेलिदिन्छ । यसले धुम्रपान नगर्ने मानिसहरुमा थुप्रै रोग, बालबच्चा र हुर्केका मानिसहरुको अकाल मृत्यु गराइदिन्छ । यही कारण नै वर्षेनी ४१ हजार जना र सन् १९६४ यता मात्रै २५ लाख जना मानिसहरुको मृत्यु भइसकेको आँकडाहरुले बताउँछ । यसरी आफू चुरोट बिँडी नखाने तर त्यसको असरबाट भने बच्न नसक्ने यो भयावह स्थितिलाई अंग्रेजीमा सेकेन्ड ह्यान्ड स्मोक (Secondhand Smoke) वा इन्भायरोन्मेन्ट टोबाक्को स्मोक (environmental tobacco smoke (ETS)) भन्ने गरिन्छ ।

चुरोटका ठुटा, हुक्का, तमाखु सल्कँदा वा त्यो धुँवालाई सेवन गरेर अम्मलीले हावामा छोड्दा (अझ भनौं उसको श्वास नली हुँदै फोक्सोसम्म पुगेर बाहिर फ्याँकिँदा) निस्कने धुँवामा ४८ सयभन्दा बढी विषालु रसायन हुन्छन् । त्यसमा फोक्सो र श्वास प्रश्वाससम्बन्धी समस्या पैदा गराउने कार्बन मोनोअक्साइड जस्ता खतरनाक रसायन पनि हुन्छ । त्यसै गरी त्यसमा निकोटिन नाम गरेको तलतल लगाउने तथा क्यान्सर समेत गराउने खतरनाक रसायन पनि हुन्छ । यो रसायन चुरोटका अम्मलीले धुम्रपान गर्दा नशाबाट दिइने औषधी वा नशाहरुभन्दा पनि चाँडो हाम्रो मस्तिष्कमा पुग्ने गर्छ । चुरोटको धुँवामा तथा कणहरुमा पाइने रसायनहरुमध्ये २५० थरि रसायनहरु मानव स्वास्थ्यको लागि अति खतरनाक र विभिन्न घातक रोगहरुका प्रमुख कारण मानिन्छन् । तीमध्ये पनि फर्मालडिहाइड, बेन्जिन, भिनाइल क्लोराइड, आर्सेनिक एमोनिया, हाइड्रोसाइनाइड लगायत ६९ वटा रसायनले त सोझै क्यान्सर लगाउने गर्छ । संसारभरिमै फोक्सोको क्यान्सरका कारण मर्ने मानिसहरुमध्ये ९० प्रतिशतको हत्यामा धुम्रपाननै मुख्य कारण हुने गर्छ भने COPD (emphysema and chronic bronchitis) नामक रोगका कारण मृत्यु हुनेहरुमा ८० देखि ९० प्रतिशतसम्म पनि चुरोटका अम्मली वा चुरोटका अम्मलीले छोडेका धुँवाको दुस्प्रभावले भेट्याएका मानिस नै हुने गर्छन् ।

सेकेन्ड ह्यान्ड स्मोकका दुस्प्रभाव

* अमेरिकाको सर्जन जनरलको रिपोर्ट (Surgeon General Report) अनुसार धुम्रपानका अम्मलीले हावामा छोडेको विषाक्त धुँवाको दुस्प्रभावबाट कोही पनि बच्न सक्दैन । छोटो समयको लागि त्यस्तो धुँवा भएको स्थानमा बस्दा पनि त्यसले हाम्रो रगतमा हुने प्लाटेलेट्सलाई च्याप्च्याप लाग्ने बनाइदिन्छ, रक्तनलीका भित्री भित्ताहरुलाई नष्ट गरिदिन्छ, रक्तनलीमा रगतको प्रवाहलाई सुस्त बनाइदिन्छ, मुटुको धड्कनलाई कम गरिदिन्छ र त्यसको जम्मा जोडः हृदयघातको सम्भावनालाई बढाइदिन्छ । अझ पहिले पनि हृदयघात भइसकेका मानिसहरुमा त त्यो खतरा झनै चर्को हुन्छ । विभिन्न अध्ययनहरुबाट देखिएको छः ५ घण्टासम्म सेकेन्ड ह्यान्ड स्मोकको प्रभावमा दैनिक बस्ने मानिसको रगतमा हृदयघात गराउने खराब कोलेस्ट्रोलको मात्रा बढेर जान्छ ।

फेरि यसले निमोनिया, घाउहरुका ढिलो निको हुने, नपुंसकता र पेप्टिक अलसर जस्ता समस्याहरु पनि चुरोटले निम्त्याउने ठहर सर्जन जनरलको रिपोर्टमा गरिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34