KFGVRFI34

बच्चाको मोटोपनः यसरी नियन्त्रण गर्न सकिन्छ

0

अहिले धेरैजसो अभिभावको टाउको दुखाईको विषय बनेको छ, छोराछोरीको मोटोपन । छोराछोरी अस्वभाविक रुपमा मोटाउँदै गएपछि त्यसले अभिभावकलाई पिरोल्ने नै भयो । किनभने यसले उनीहरु भद्दा, असुहाउँदिलो त देखिन्छ नै, रोगी पनि ।

किन हुन्छ मोटोपन ?

बेलायतको शोधकर्ताहरुले निकालेको एक निष्कर्ष यस्तो छ, ‘बच्चा मोटो हुनुमा आमाबुवा जिम्मेवार छन् । किनभने धेरैजसो मोटोपन अनुवंशिक समस्या हो । आमाबुवा मोटो भएपछि उनीहरु स्वत मोटो हुने गरेका छन् ।’ त्यसबाहेक पारीवारिक माहौल पनि यसको कारण बनेको छ ।

– पछिल्लो समय छिटो छरितो खानाको रुपमा जंकफुडको अधिक प्रयोग हुन थालेको छ । बच्चामा मोटोपन बढाउने यो एउटा प्रमूख कारणमध्ये पर्छ ।

– अनियन्त्रित भोजनले पनि बच्चामा मोटोपन बढ्दो छ । आफ्ना बालबालिकालाई धेरै ख्वाउँदा स्वास्थ्य हुन्छ भन्ने मानसिकताले अहिलेका अभिभावक धेरै खानेकुरा दिने गर्छन् ।

– अहिलेका बच्चाहरु शारीरिक खेलकुदमा भन्दा पनि कार्टुन, भिडियो गेम लगायतमा भुलिने गर्छन् । एकै स्थानमा लामो समय निस्त्रिmय बस्न, व्यायम, शारीरिक गतिविधि, श्रम नगर्ने भएकाले पनि मोटोपन बढ्दै गएको छ ।

के हुन्छ असर ?

स्वास्थ्य बच्चा मोटो हुन्छ भन्ने भ्रम छ, जुन सत्य होइन । अस्वभाविक रुपमा बढ्ने मोटोपनले बच्चालाई रोगको दलदलमा फसाउँदै लान्छ ।

मोटोपन आफैमा समस्या हो । यसले शरीर भद्दा हुन्छ । असुहाउदिलो हुन्छ । हिँड्न, डुल्न, खेल्न सबैमा छरितो हुँदैन । मोटोपनकै कारण बच्चाहरु कालन्तरमा मधुमेहको सिकार हुन सक्छन् । उनीहरु उच्च रक्तचाप र अर्थराइटिस जस्ता रोगको जोखिममा हुन्छन् ।

कसरी नियन्त्रण गर्ने मोटोपन ?

मोटोपन नियन्त्रण गर्नका लागि बालबालिकाको जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । उनीहरुको खानपान, आनीबानी बदलेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।

– खानपानको मामलामा आमाबुवा बच्चाको रोल मोडल बन्नुपर्छ ।

– टेलिभिजन हेर्दै, गेम खेल्दै खाने बानी छुटाउनु पर्छ ।

– मोवाइल, कम्युटर, टिभीमा धेरै समय व्यातित गर्न दिनु हुँदैन ।

– उनीहरुलाई इनडोर गेमभन्दा वाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ । खुला रुपमा उफ्रिन, दौडिन दिनुपर्छ ।

– उनीहरुलाई थोरै थोरै खाना धेरै पटक दिनुपर्छ । भोक लागेपछि धेरै खानेकुरा खाने बानीले पनि मोटोपन बढ्छ ।

– भोक लाग्नुअघि खानेकुरा दिएपछि बच्चाहरु जंकफुडमा लोभिदैनन् । उनीहरुको ध्यान खानेकुरामा जादैन । त्यसैले उनीहरुलाई भोको राख्नु हुँदैन ।

– फलफूल, सागसब्जी खाने बानी गराउनु पर्छ । यसले पनि क्रमस जंकफूडको लत छुट्छ ।

– कोल्ड डि्रंकको साटो पानी पिउन दिनुपर्छ । धेरै गुलियो खानेकुराको लत छुटाउनुपर्छ ।

– राती धेरैबेर बस्न दिनुहुँदैन । छिटै सुताउने र विहान छिटै उठाउने गर्नुपर्छ । पर्याप्त निन्द्रा पुग्नुपर्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34