KFGVRFI34

बच्चालाई अनुशासित बनाउने उपाय

0

हरेक आमाबाबुले आफ्नो बच्चालाई अनुशासनको महत्त्व बुझाउन चाहन्छन् । उसले जीवनभर अनुशासनको पालना गर्नुपर्छ । जसले गर्दा उनको व्यक्तित्त्व चम्किलो होस् । केही बच्चाहरू धेरै नै चञ्चले स्वभावका हुन्छन् । उनीहरूलाई कुनै पनि नियमले बाँध्न वा अनुशासित बनाउन धेरै गाह्रो हुन्छ ।

बच्चाले सही वातावरण पाइरहेको छ भनी सुनिश्चित गर्नु आमाबाबुको दायित्व हो । उनीहरूले सही संस्कार सिकिरहेका छन् कि छैनन् भन्ने करामा पनि अभिभावकको ध्यानाकर्षण हुनुपर्छ । हरेक आमाबाबुले आफ्नो बच्चाले अरूको अगाडि राम्रोसँग व्यवहार गरोस् भन्ने चाहन्छन् । बालबालिकालाई अनुशासित बनाउन ध्यान दिनुपर्ने कुराहरू यसप्रकार छन् :


बच्चाले ‘नाई’ सुन्न सक्दैनन्

बच्चाको कुनै कुरा तपाईंले अस्वीकार गरे उनीहरू धेरै रिसाउँछन् र रून थाल्छन् भने उनीहरूलाई यसबारे अनुशासनमा राख्न खुसी तरिकाले सिकाउनुपर्छ । यसका लागि उनीहरूलाई प्रत्यक्ष अस्वीकारको सट्टा अन्य तरिकाले अस्वीकार गर्न सकिन्छ । उदाहरणका लागि, यदि उनीहरूले एउटा कुराको लागि सोधिरहेका छन् भने, त्यसको सट्टा अन्य चिजको साइड इफेक्ट र फाइदाहरू गणना गरेर अस्वीकार गर्न सकिन्छ ।


छिटो रिसाउँछन्

तपाईंको बच्चा अरूसामु क्रोधित हुन्छ भने उसलाई शान्त हुन सिकाउनुपर्छ । बच्चाले केही राम्रो काम गर्दा उनीहरूलाई उपहार दिने वा प्रशंसा गर्नुपर्छ । यसबाट प्रभावित भई आगामी दिनमा पनि यस्तै काम गर्ने सोच्छन् ।


बच्चाले अरूलाई दुःख दिन्छन्

तपाईंको बच्चाले अरू बच्चालाई नराम्रो व्यवहार गरेमा उनीहरूलाई सहानुभूतिको जगाउनु पर्छ । जसरी उनीहरू अरूसँग नराम्रो व्यवहार गर्छन् त्यसरी नै उनीहरूसँग पनि कुरा गर्ने प्रयास गर्नुहोस् । त्यसपछि, उनीहरूलाई कस्तो लाग्यो भनेर सोध्नुहोस् । त्यसपछि, पक्कै पनि उसले आफूमा परिवर्तन गर्न थाल्छ ।


बच्चाले तपाईंको भावनाको वास्ता गर्दैनन्

बच्चाले तपाईंको बारेमा केही महसुस नगरेमा वा उसलाई गाली गर्दा कुनै आपत्ति नजनाए उनीहरूलाई गाली गर्नु हुँदैन । थप गाली गर्नाले उनीहरूलाई अपमानजनक भएको महसुस हुन्छ ।

त्यसैले आफ्नो शब्दमा केही परिवर्तन ल्याउनुहोस् । यदि, उसले गल्ती गरेको छ भने उसलाई नराम्रो भन्नको सट्टा आफ्नो रिस कम गरेर उनीहरूसँग थोरै नरम भएर कुरा गर्नुहोस् ।
आफ्नो गल्तीमा अरूलाई दोष लगाउँछन्

बच्चाले अहिले आफ्नो गल्ती स्वीकार गर्न सिकेन भने, उसले भविष्यमा धेरै झुट बोल्न सिक्न सक्छ । तसर्थ, आफ्नो गल्ती अरूको टाउकोमा राख्नु हुँदैन भनेर उसलाई सिकाउनु धेरै महत्त्वपूर्ण छ ।

बच्चालाई भन्न सक्नुहुन्छ कि यदि उसले आफ्नो गल्तीको बारेमा केही स्वीकार गर्नुपर्छ । तर उसलाई तपाईंलाई भन्न असहज फिल भइरहेको छ भने उसले केही कागजमा लेखेर तपाईंलाई बताउन सक्छ । यस्तो अवस्थामा तपाईंले पनि रिस नगरी माया गरेर व्याख्या गर्नुपर्छ ।

बच्चाहरूलाई सानै उमेरमा अनुशासन जस्ता महत्त्वपूर्ण बानीहरू सिकाउनुपर्छ ताकि यी बानीहरू उनीहरूका लागि जीवनभर लाभदायी रहोस् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34