KFGVRFI34

बच्चालाई सानैदेखि सिकाउनुहोस् ‘मनी म्यानेजमेन्ट’

0

आमाबुवालाई यही कुराको चिन्ता हुन्छ सधैं बच्चाले पैसाको महत्व बुझ्दैनन् । तर सच्चाई भने अर्कै छ, त्यो बच्चाले गर्ने लापरवाही भन्दा पनि आमाबुवाले नै उनीहरुलाई पैसाको महत्वको बारेमा सानैदेखि सिकाउँदैनन् ।

विशेषज्ञहरुका अनुसार ‘मनी–म्यानेजमेन्ट’ जीवनको एउटा महत्वपूर्ण कडी हो र यो अभिभावकत्वको जिम्मेवारी पनि हो । हुन त बच्चाले ३ वर्षको उमेरदेखि नै पैसाको महत्व बुझ्न शुरु गर्छन् तर ७ देखि ९ वर्षको उमेर अर्थ व्यवस्थापन सिकाउने एकदमै सही उमेर हो ।

सानो उमेरमै बच्चालाई पैसा खर्च गर्ने खुशी दिनुस्

बच्चाका अर्थ व्यवस्थापन विज्ञका अनुसार ७ देखि ९ वर्षको उमेरमा बच्चालाई पकेट मनी दिन सुरु गर्नु पर्छ । उसलाई पैसा बचाउने आवश्यकताबारे सम्झाउनुहोस् र खर्च गर्ने खुशीको महसुस गर्न सिकाउनुहोस् ।

अर्थ व्यवस्थापनसम्बन्धी किताब ‘योर किड्स, देयर मनी’ मा क्लिफ्टन कारबिनले भनेका छन्, ‘पकेट मनी माथि बच्चालाई स्वतन्त्र रुपमा फैसला लिन दिनुस् । नजर राख्नुहोस् उनीहरुले के र किन किनिरहेका छन् ? कति बचाएका छन् । गल्ती गरिरहेका छन् भने गर्न दिनुहोस् । उनीहरुलाई गल्तीका असरका बारेमा सम्झाउनुहोस् । यसरी उनीहरुले पैसाको अर्थतन्त्र बुझ्नेछन् र भविष्यका लागि आफूलाई तयार पनि गर्नेछन् ।’

बच्चासँग खर्च र बचतको चार्ट बनाउनुहोस्

पैसा दिँदा बित्तिकै बच्चाले मनी म्यानेजमेन्ट सिक्दैनन् । उनीहरुको इच्छा र योजना पनि जान्न जरुरी छ । उनीहरुसँग बसेर खर्च र बचतको चार्ट बनाउनुहोस् । महंगो सामान किन्नका लागि पनि लक्ष्य बनाउनुहोस् । यो महसुस पनि गराउनुहोस् त्यसका लागि हप्ता अथवा महिनाभरी बचत गर्नुपर्ने पनि हुन सक्छ ।

पकेट मनी दिने ३ तरिका

कामको बदला दाम– बच्चालाई घरको कामको जिम्मेवारी दिनुहोस्, जस्तै आफ्नो ओछ्यान ठिक गर्ने, गमला वा विरुवामा पानी राख्ने आदि । काम नियमित रुपमा राम्रोसँग गरेअनुसार महिनामा निश्चित पैसा उसलाई दिनुहोस् ।

सफलताको बेला पुरस्कार– अर्को तरिका छ, बच्चाले राम्रो नम्बर ल्याउने, खेलमा राम्रो गरेको वा कुनै राम्रो व्यवहारमा पुरस्कृत भएको छ भने यस्तोमा तपाईं उसलाई इनाम स्वरुप केही पैसा दिन सक्नुहुन्छ ।

हाइब्रेड पेमेन्ट–
यसमा बच्चालाई हरेक महिना वा हप्तामा बिना कुनै काम निश्चित पैसा दिइन्छ । उसलाई कुनै कामको बदला पनि धनराशी दिइन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34