KFGVRFI34

बन्दागोभीबाट हाम्रो शरिरलाई हुने आठ फाइदा

0

बन्दागोभीमा प्रशस्त मात्रामा फाइबर, बिटाक्यारोटिन, भिटामिन बी१, बी६, भिटामिन के, ई, मिनरल्स, सल्फरका साथै आइरन पाइन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसले शरीरलाई स्वस्थ राख्नुका साथै बिभिन्न रोग लाग्नबाट बचाउँछ । त्यसैले बन्दागोभीको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

बन्दागोभीका फाइदाहरु निम्न छन्

१ बन्दागोभीको नियमित सेवन गर्नाले स्तन क्यान्सर, पोस्टेट क्यान्सरका साथै पेटमा अल्सर तथा क्यान्सर हुनबाट बचाउँछ ।

२ यसमा क्लोरिन सल्फर मिनरल्स प्रशस्त मात्रामा हुन्छ जसले पेट सम्बन्धी समस्याहरु ९ग्याँस्टिक, कब्जियत तथा अल्सर० बाट छुटकारा पाउन सकिन्छ ।

३ बन्दा गोभीको नियमित सेवन तथा यसको जुस को सेवनले शरीरको तौल कम गर्न मद्दत गर्छ ।

४ बन्दा गोभीमा फ्लोरिक एसिड हुन्छ यसले रगतको सेल्सको निर्माण गर्छ जसले एनिमिया तथा शरीरमा रगतको कमी हुन दिदैन ।

५ यसको नियमित सेवनले त्वचालाई प्राकृतिक रुपमा चमक पैदा गर्छ र त्वचा सम्बन्धी बिभिन्न समस्याबाट छुटकारा मिल्छ ।

६ बन्दा गोभीको नियमित सेवनले त्वचा गोरो बनाउनुका साथै नरम र आकर्षक बनाउन मद्दत गर्छ ।

७ बन्दा गोभीमा प्रशस्त मात्रामा भिटामिन ए हुन्छ जसले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी बिभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

८ र यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34