KFGVRFI34

यी ७ प्रकारका मानिस जसलाई भुलेर पनि नमस्कार नगर्नुहोस्, यस्तो छ कारण

0

तपाई हामि एक अर्कालाई भेट्दा नमस्कार गर्छौं । नमस्कार हाम्रो संस्कार हो र हामी आफूभन्दा अग्रज व्यक्तिहरुलाई सम्मानस्वरूप नमस्कार गर्छौं । नमस्कारले केहि न केहि अर्थ राख्छ । धार्मिक मान्यताले पनि नमस्कारको महत्व धेरै नै मान्ने गर्दछ | धर्ममा भगवानको पूजा गर्नका लागि पनि नमस्कार गर्ने परम्परा रहदै आएको छ |

नमस्कार गर्दा केहि खास रहने भएकाले यसलाई ख्याल राख्नु पर्दछ | नमस्कार विशेष व्यक्तिलाई गर्छौं । त्यसैले नमस्कार गर्दा ख्याल गर्नुपर्छ ।
यी ७ मानिस जसलाई कहिल्यै पनि नमस्कार गर्नुहुदैन :-

१. मुर्ख मानिस
:- मुर्ख मानिसलाई कहिल्यै नमस्कार गर्नु हुदैन जो व्यक्तिमा ज्ञान छैन् उसले झन् आफैलाई दिने प्रतिक्रिया त्यति राम्रो हुदैन | नमस्कार गर्ने मान्छेलाई नै अप्ठ्यारो पर्नसक्ने हुदा यस्ता मानिसलाइ नमस्कार गर्दा नमस्कार को अपमान हुन सक्छ । यस्ता व्यक्तिलाई नमस्कार गर्नु हुदैन |

२. नुहाइरहेको व्यक्ति :- नुहाइरहेको समयमा पनि मानिसलाई नमस्कार गर्नुहुँदैन । यसले नमस्कार गर्ने व्यक्ति र नुहाइरहेको व्यक्तिलाई पनि अफ्ठ्यारो हुन सक्छ |

३. दौडिरहेको अवस्थामा :- दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न । दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्त व्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्ने हुन्छ । यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ र तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ ।

४.धनको अंहकार गर्ने व्यक्ति :- यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार छ उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथा अपमानित हुनु पर्ने हुनसक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ ।

५.पानीमा रहेको व्यक्ति
:- पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ र उसले नियन्त्रण गुमाउँदा उसको ज्यान जोखीममा पर्न सक्छ । त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन ।

६.जुठो परेको व्यक्ति
:- यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको छ भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नु फाइदाजनक हुँदैन । उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन ।

७. टाढा रहेको व्यक्ति :- आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनि नमस्कार नगर्नु राम्रो । किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ । एजेन्सी

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34