KFGVRFI34

अर्घाखाँचीको ऐतिहासिक १३ तले मन्दिरको प्रचारप्रसारमा जोड

0

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ। ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि यसको प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ।

विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ। धार्मिक महत्त्व बोकेको उक्त मन्दिर ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय यसको मर्मत तथा प्रचारप्रसारमा लागेका छन्।

मन्दिर परिसरभित्र विभिन्न देवीका साथै शिव, गणेश र नागका मूर्ति छन्। यहाँ तीज, शिवरात्रि, रामनवमी, बाला चतुर्दशी, जन्माष्टमी र दसैँमा ठूलो मेला लाग्ने गर्दछ। मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण पाण्डेयले मन्दिरको प्रचारप्रसार गर्नका लागी बिभिन्न कार्यक्रम गर्दै जाने बताएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34