KFGVRFI34

गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकीमा गाईभैँसी कल्याण मापदण्ड लागू हुने

0

काठमाण्डौ । गाईभैँसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाईभैँसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाईभैँसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न यस्तो मापदण्ड जारी गरिएको हो ।

गएको वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू हुन सकेको थिएन । पशुकल्याणका क्षेत्रमा क्रियाशील संस्था ‘स्नेहाज केयर’ सँगको सहकार्यमा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले अग्रसरता लिएको हो ।

असल अभ्यासमार्फत पशुपक्षीजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि, उत्पादनको स्वच्छता अभिवृद्धि र आर्थिक लाभ बढाउन गाईभैँसीको कल्याणमा जोड दिइएको हो । घरायसी प्रयोजनका लागि पालिने गाईबस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट मात्र हुने भएकाले ठूला व्यावसायिक गाईभैँसी फार्मलाई लक्ष्य गरी मापदण्ड बनाइएको हो ।

पशु सेवा तालिम केन्द्रका प्रमुख डा गृष्म न्यौपानले व्यावसायिक रुपमा पालिएका गाईभैँसीको सुविधा र कल्याणका लागि मापदण्ड जारी गरिएको उल्लेख गर्नुभयो । यो मापदण्डले गाईभैँसीलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, पीडा, चोटपटक र रोग व्याधिबाट सुरक्षित राख्ने र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरि बाँच्न पाउने स्वतन्त्रतालाई सम्बोधन गरेको उनको भनाइ छ ।

ुगाईभैँसीलाई गरिने निर्दयी व्यवहार रोक्ने र उनीहरुप्रति मानिसले निभाउनुपर्ने जिम्मेवारी र उत्तरदायित्वलाई मापदण्डले समेटेको छु, डा न्यौपानेले भने,ुव्यावसायिक गाईभैँसी फार्ममा केन्द्रित गरिएको भए पनि यो समग्र पशुपक्षीको कल्याणसँग सम्बन्धित विषय हो, यसको दायरा क्रमशः विस्तारित हुँदै जान्छ । मन्त्रालयले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७७ ले दिएको अधिकार प्रयोग गरि गाईभैँसी कल्याण मापदण्ड बनाएको हो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34