KFGVRFI34

जिल्ला अस्पताल अर्घाखाँचीमा बजेट ल्याउन सफल भएको सांसद घिमिरेको भनाई

0

अर्घाखाँची । प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले अर्घाखाँचीको जिल्ला अस्पताललाई सुबिधा सम्पन्न बनाउन आफुले स्वास्थ्य मन्त्रिलाई पटक पटक आग्रह गर्दा ६ करोड बजेट छुटाउन सफल भएको भएको बताएका छन् । उनले जिल्ला असस्पताल ५० शैयाको बनाउन प्रदेश सरकारबाट स्वीकृत भएपनि सेवा सुबिधा र जनशक्ति १५ शैयाको मात्र भएकाले दरबन्धि अनुसारका स्वास्थ्यकर्मी जिल्लामा ल्याउन आफुले पहल गर्ने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा भएको आर्थिक वर्ष २०७९।८० मा सम्पादन भएका कामको बारेमा भएको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै नेता घिमिरेले अर्घाखाँची बासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न औषधी ब्यवस्थापन,औजार तथा उपकरण उपलब्ध गराउन तीनै तहको सरकाले जोड दिने बताएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34