KFGVRFI34

१५ लाख नक्कली नोटसहित दुई जना पक्राउ

0

काठमाडौं । १५ लाख नक्कली नोटसहित सुनसरी प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार नक्कली नोट विशेष सूचनाका आधारमा बरामद गरिएको हो । प्रहरीले १५ लाख ८७ हजार मूल्य बराबरको नेपाली नक्कली नोटसहित विवेक राई र अजय राईलाई नियन्त्रणमा लिइएकोे जनाएको छ । सम्मेलनमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पक्राउ परेका व्यक्तिको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34