KFGVRFI34

असोज ७ देखि १२ गते कस्तो रहला तपाईको दिन, हेर्नुहोस साप्ताहिक : राशिफल

0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुने योग छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्ला । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

साताको सुरुमा दैनिक कामकाजमा असर पर्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ काम बिगार्नेको सक्रियता रहनेछ । सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तबाट सहयोग मिल्ने देखिन्छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला । राजनैतिक र सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुन सक्छ । यो धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शैक्षिक क्षेत्र पनि राम्रै रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साथीभाइ र आफन्तबाट सहयोग प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसाय बढाउने वा नवीन रोजगारीको योजना बन्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । बुधबारबाट दैनिकी कार्यमा भने समस्या र अवरोध आउनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । गरेको काममा उल्टो परिणाम आइनपर्ला । मध्य साताबाट लामो समयदेखि रोकिएको कामबाट राम्रो रहला । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो सातामा सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

यो सातमा दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । प्रेम जीवनमा भने लचकता पनि अपनाउनु पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

यो साता मध्यम नै रहने छ, साताको सुरुका दिनमा मनमा निराशा र शरीरमा आलस्य आउला र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । मध्य साताबाट भने प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको योजना र चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रमाइलो यात्राको सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति र बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सुरुका दिनमा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्यको योजना बन्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34