KFGVRFI34

आशा लघुवित्तको १ लाख ३० हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

0

आशा लघुवित्त वित्तीय संस्था संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

लघुवित्तको संस्थापक समूहको १ लाख ३० हजार कित्ता बढी सेयर बिक्रीमा ल्याएको हो। बिक्रीमा राखिएको सेयरमा इच्छुक कम्पनी तथा व्यक्तिले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। यसमा आजको मितिले ७ दिनभित्र काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

यसअघि संस्थाले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुका लागि यो सेयर बिक्रीमा राखेको थियो। तर, संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछि संस्थाले अन्य व्यक्ति तथा कम्पनीका लागि आवेदन खुला गरेको हो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34