KFGVRFI34

विद्यालय खुले, राहत लगायतका शिक्षक माइतीघरमै

0

विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत, पेन्सन बञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आवद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन सहमतिमा टुंगिएर शिक्षकहरू विद्यालय फर्किएका छन्। देशभरका विद्यालयमा आज नियमित पठन-पाठन भइरहेको छ।

राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन्। शुक्रबार सरकारसँग महासंघले गरेको सहमतिमा असन्तुष्टि जनाइरहेका उनीहरूले आइतबार पनि माइतीघरमा प्रदर्शन गरेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34