KFGVRFI34

नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर र मनकामना इन्जिनियरिङको सेयर खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

0

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ ।

सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा अप्पर लोहोरे खोलाको पहिलो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा खुला भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज भने प्रतिकित्ता ९७.८७ रुपैयाँदेखि २९३.६१ रुपैयाँसम्म तोकेको थियो । नेप्सेमा ‘युएलएचसी’ संकेतबाट अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको पहिलो कारोबार भने प्रतिकित्ता २२२ रुपैयाँमा खुला भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्म तोकेको थियो । ‘एमइएचएल’ संकेतमा मनकामना इन्जिनियरिङको सेयर कारोबार सुरु भएको छ ।

यी दुवै कम्पनीको आईपीओ आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34