KFGVRFI34

पेटभित्र कसरी आयो रक्सीको सिँगो बोतल, चकित परे डाक्टर, चितवनमै भयो ठुलो अप्रेशन

0

विदेशमा चकित पार्ने घटनाहरु धेरै सुन्नमा आउने गरेका गरेका छन् । तर पछिल्लो समय नेपालमा पनि यस्ता किसिमका घटनाहरु सुन्न र देख्न थालिएको छ । चितवनमा एउटा यस्तै अचम्मको घटना भएको छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । पेट फुलेको अवस्थामा सोमबार बिहान अस्पताल आइपुगेका ती युवाको पेटमा बोत्तल भेटिएको हो ।

ती युवक रौतहटको गुजरा नगरपालिका–९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरी रहनुभएको छ । अस्पतालका चिकित्सकले शल्यक्रिया गरी मन्सुरीको पेटबाट बोत्तल निकालिदिएका छन् ।

युवाको उपचारमा संलग्न पुरानो मेडिकल कलेजका कन्सल्टेन्ट ल्याप्रोस्कोपिक तथा जीआई सर्जन डा नारायणप्रसाद बेलवासेले एक्सरे पश्चात अपरेशन कोठामा लगेर पेट चिरेर हेर्दा ठूलो आन्द्रा फुटेर बोत्तल बाहिर निस्केको अवस्थामा भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोत्तल निकालेर पेटलाई सफा गरियो । फुटेको भागलाई सिलाइ दिएका छौं ।

मलद्वारबाट बोत्तल छिराइएको थियो ।’ अहिले बिरामीको होस आइसकेको छ । उहाँ कुराकानी गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।

बिरामीले साथीहरुसँग गएको अवस्थामा बेहोस भएपछि अन्य कुरा थाहा नभएको बताएको डा बेलवासेले जानकारी दिनुभयो । उहाँले पहिले विरामीको अवस्था जटिल भए पनि शल्यक्रिया पश्चात सामान्य अवस्थामा आइसकेको जानकारी दिनुभयो ।

डा बेलवासेले यसप्रकारको अवस्था देख्दा कसरी यो भित्र गयो भन्नेमा आश्चर्यचकित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जानीजानी यस्तो गर्नु सोच्दै नसोचेको अवस्थाको गम्भीर अपराध हो । यस्तो केस पहिलो हो ।’

मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उहाँका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाउनुभयो तर त्यसले ठीक भएन । मुन्सरीको पेट निकै दुख्न थालेपछि उहाँलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो । अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे र उहाँहरुले थप उपचारका लागि भरतपुर रिफर गर्नुभयो ।

पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उहाँको पेटमा सिसाको बोतल नै देखिएपछि डा. बेलवासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो । करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा। बेलबासेले जानकारी दिनुभयो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34