KFGVRFI34

लसुनको यी १५ गुण जुन तपाई थाहा नहुन् सक्छ ? हेर्नुहोस यस्ता छन् फाइदा

0

लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ । यो औषधीका रूपमासमेत निकै उपयोगी मानिन्छ । लसुनका केही उपयोगिता यसप्रकार छन् ।

१. गानो गएमाः लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।
२. विषम ज्वरोमाः बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
३. मुटुको रोगमाः यस रोगमा घिऊमा फुराएको लसुन एक–दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।
४. शरीर सुनिएकोमाः लसुन हालेर पकाएको तेलम मालिस र एक–दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
५. पेट दुखेमाः लसुनको रस दश थोपादेखि तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
६. बाजीकरणमाः एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।
७. स्वप्नदोषमाः एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
८. भित्री चोटमाः नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ गर्दछ ।
९. वीर्य वृद्धिमाः लसुनको केस्रा छोडाएर घिउमा रातो पारेर भुट्ने तर कालो पारेर दुधमा खीर पकाएर एक महिना जति दिनहुँ खाए वीर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
१०. कपाल दुखेमाः दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।
११. बिच्छीको विषमाः लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
१२. जिब्रो सुनिएमाः लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।
१३. घाऊ धुनः पानीमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।
१४. कान दुखेमाः लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।
१५ भोक नलागेमाः बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत राम्रो गर्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34