KFGVRFI34

अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ

0

भावना मगर,अर्घाखाँची । अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालारानी गाउँपालिका वडा नम्बर ९ स्थायी ठेगाना भई हाल सन्धिखर्क नगरपालिका-२ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । चुत्राबेशी बजार नजिकै रहेको एक झाडीमा जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आमाले जाहेरी दिएपछि प्रहरीले पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34