KFGVRFI34

तपाईंले संगत गरेका साथी कस्ता छन् ? जान्नुहोस् यी ९ तथ्य

0

आफूले भविष्यमा पाउने जीवन साथीको कस्ती हुन्छे वा हुन्छ भन्ने कुरा उसको केही आनिबानीले निर्धारण गरिरहेको हुन्छ ।केटीको सन्दर्भमा लामो अनुसन्धान पश्चात विद्वानहरुले विभिन्न धारणा बनाएका छन् । साथै उनीहरुले यस्तो बानी व्होरा हुने केटीको पछि नलाग्न अनुरोध गरेका छन् । दुई दम्पतीको सम्बन्ध सुमधुर हुनबाट रोक्नको लागि विभिन्न बानीले भूमिका निर्धारण गरेका छन् । अनुसार निम्न आनीबानीको कारण सम्बन्धहरु विग्रीन्छन् ।

१. आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृति: केही महिलाहरु यस्ता हुन्छन, जो अरुको कुरा सुन्न नै चाहँदैनन् । यस्ता बर्गका केटीहरुलाई के लाग्छ भने उनीहरुलाई दुनियाँमा थाहा नभएको कुरा केही छैन र उ जस्तो सर्बज्ञ दोस्रो व्यक्ति यो समाजमा छैन । उनीहरुको यही सोचाइको कारण उनीहरु सधै अरुमाथि राज्य गर्न अग्रसर हुन्छन् । विज्ञहरुका अनुसार सुरुवातमै विना हिच्किचावट कुनै पुरुषमाथि एउटा महिला हाबी हुने तरिकाले प्रस्तुत भइन् भने उनीबाट तत्काल सतर्क हुनु पर्छ ।

२. शंकालु केटीः कतिपय केटीहरु अत्यन्तै शंकालु हुन्छन् । यस्ता प्रकृतिका केटीहरु के चाहन्छन् भने उसको केटा साथीले सबै खालका गतिविधी उसामु छर्लङ्ग पार्नु पर्छ । कतिसम्म भने उसको केटा साथीले हरेक गतिविधि उसका अगाडि दुरुस्त राखेन भने यस्ता खालका केटीहरु फायर हुन पुग्छन् र वमलाई विर्साउने गरी विष्पोट हुन्छन् । यस्ता केटीसँगको सम्बन्ध कतिसम्म घाडो बन्न जान्छ भने तपाईले आफ्ना चिनेको साथीहरुसँग पनि निर्धक्क कुरा गर्न पाउनु हुन्न । कुनै केटीसाथीहरुसँग कुरा गर्नु भयो भने यस्ता केटीहरुले तत्काल तपाइलाई स्पष्टिकरण दिन बाध्य पारिहाल्छन ।

३. बुझ्नै नसकिने खालका केटीहरु: कतिपय केटीहरु यस्ता हुन्छन् कि उनीहरको बारेमा बुझ्न अत्यन्तै कठिन हुन्छ । उनीहरु केही विषयमा राखेको जिज्ञासामा ‘हो’ भन्ने जवाफ दिइरहेका हुन्छन् । तर बास्तवमा उनीहरुलाई भित्र भित्रै ति कुराहरु ‘होइन’ भन्ने लागिरहेको हुन्छ ।

४. म जे गर्छु ठिक गर्छु प्रवृतिः यस्ता प्रकृतिका केटीहरु कति सम्म घाडा हुन्छन् भने उनीहरुलाई मन परेको कुरा सबैलाई मन पर्छ भन्ने ठान्छन् । अनि सुरु भइहाल्छ उनीहरुको अतिचार । उसलाई मन परेको खाना, काम लगायत सबै उसका रोजाइहरु तपाइलाई मन पर्नै पर्ने भए पछि अनि पर्दैन त फसाद । यही कारण हो धेरैको जीवनमा असमझदारी बढ्दै गएर घरबार विग्रिएको छ ।

५. डाहा गर्ने केटीहरुः यदि तपाईको संगतमा रहेकी केटी साथी कसैको इष्र्या बढी गरिरहेकी हुन्छीन् भने तपाईले अहिले नै सोच्नुस् कि उनी खतरनाक किसिमकी केटी हुन् । यस्ता केटीसँग तपाईको जीवन चलाउन निकै नै कठिन हुनेछ, किनकी यस्ता प्रकृतिका केटीहरु आफुले केही गर्नु भन्दा पनि अरुको आलोचना र इष्र्या गर्नमा नै बढी रमाउँछन् ।

भनाइ नै छ नि,‘अरुको इष्र्या गर्नेहरु सधै इष्र्या नै गरिहेका हुन्छन् ।’ यस्ता केटीहरु आफ्नो केटा साथीले कुनै केटी साथीसँग कुरा मात्र गरे पनि डाहले भुतुक्कै हुन्छन् । तिनलाई लाग्छ–अव उसले मलाई छाडेर उसँग लाग्यो भने त म समाप्त नै हुन्छु ।

६. परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरुः कतिपय केटीहरु केटा साथी वा श्रीमानले नै सबै कुरा गरिहाल्छन, मैले केही जिम्वेवारी नलिए पनि हुन्छ भन्ने खालका हुन्छन् । यस्ता केटीहरु पुर्ण रुपमा अरुमा परनिर्भर हुन्छन् र सानो दुःखमा पनि आकासै खसे जस्तो गरी आत्तिन्छन् । यस्ता केटीहरुले आफ्नो श्रीमान बाहेक जीवनमा अरु केही नै सोचेका नै हुँदैनन् । उनीहरुलाई आफुले जीवनमा केही गर्नु पर्छ भन्ने पनि लागेको हुँदैन । बस् श्रीमान र उसको प्रेमीबाट मुखबाट ‘म तिमीलाई माया गर्छु’ भन्ने बाक्य आए पुग्छ ।

यति मात्र होइन, यस्ता केटीहरुले तपाईको हरेक गतिविधीमाथि पनि उत्तिकै निगरानी राखिरहेका हुन्छन् , प्रहरीले चोर र डाँकाको गस्ती गरेजस्तै गरी । यदि त्यस्तासँग तपाईको सम्बन्ध जोडिन पुग्यो भने भुलेर पनि यस्तासँग सम्बन्ध अगाडि नबढाउनु किनकी यस्तासँगको दिर्घकालिन सम्बन्ध सुमधुर हुने सम्भावना अत्यन्त क्षिण हुन्छ ।

७. आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटीः कोही केटीहरु आफ्ना आमाबाबुको खटन पटन भन्दा बाहिर आउन नै सक्दैनन् । उनीहरुलाई सानो निर्णय लिन पनि बाबु आमाविना कठिन प्रायः जस्तै हुन्छ । ‘मेरो त ड्याड र ममले नै सबै कुरा गर्नु हुन्छ, यो त मलाई थाहा छैन बुबा आमासँग नै एक पटक सोध्नु पर्छ’ जस्ता कुरा गर्ने केटीहरु पनि झुर नै हुन्छन्, व्यवस्थापकिय क्षेत्रमा ।

उनीहरुमा आफैले केही गर्नु पर्छ भन्ने बानीको साथै व्यवहारिक र व्यवस्थापकिय क्षमता पनि विकास भएको हुँदैन । त्यसैले यस्ता केटी पनि तपाईको रोजाइमा नपरेकै बेस हुन्छ । किन भने सानो सानो कामका लागी पनि, सानो दुःखमा पनि, सानो खुसीमा पनि उनीहरु ठाउँमा वस्न सक्दैनन् । आमा–वुवाको वयान जति गर्नुस्, विहे भएपछि २५–२६ वर्षको उमेर वा जिवन काट्न जाने उही श्रीमानसँग हो । जति दुःख परेपनि जति सुःख भएपनि उही श्रीमानसँग हो सवै सुःख दुःख साट्ने । तपाईले युवतिहरुले आफ्नो वुवा आमालाई निकै माया गर्नुहुन्छ, वुवा आमाले पनि निकै मायाँ गर्नुहुन्छ ।

तर एउटा कुरा युवतिहरुले के कुरा ख्याल गर्नुपर्छ भने छोरी जन्मीएपछि विवाहको वारेमा सोचीहालेका हुन्छन् र विहे गर्ने उमेर भएपछि विवाह गर्दिन पाए ठुक्क हुन्थ्यो भन्ने सोचीरहेका हुन्छन् । तपाईलाई मायाँ गर्ने र तपाईले मायाँ गर्ने युवकनै युवतिहरुका लागी राम्रो हुन सक्छ ।

८. अरु सबै सुखी छन्, म मात्र दुःखी छु: कतिपय केटीहरु कति असन्तोसी प्रकृतिका हुन्छन् भने उनीहरु कहिल्यै पनि खुसी रहन नै सक्दैनन् । अरु सबै सुखी छन् तर म भने दुःखी छु भन्ने भावना त्यस्ता केटीहरुमा आइरहन्छ । फलानोले त्यत्रो पैसा कमायो, फस्ट डिभिजनमा डिग्रि पास गर्यो, उसको छोरोले यस्तो गर्यो तर मैले केही गर्न सकिन, उसकी श्रीमती अमेरीका पुगी, अस्टे«लिया पुगेर सेल्फी हानेर तस्विर फेसवुकमा राखी । उ कति धेरै खुसीपुर्वक बाँचेको छ तर मैले भने कहिल्यै खुसीपुर्वक बाच्न सकिन भन्ने असन्तोकी प्रकृतिका केटीहरुसँगको सम्बन्ध पनि सुमधुुर हुन सक्दैन किनकी असन्तोकी सधै दुःखी रहने त प्रकृतिको नियम नै हो ।

९. मनको कुरा खुलेर नगर्ने केटी: कतिपय केटीहरु मनका कुरा खुलेर गर्दैनन् । उनीहरु आफ्ना सबै क्रियाकलाप आफ्नो केटा साथीलाई जानकारी नै नहोस् जस्तो सोचाइ राख्छन् । आफ्नो मोवाइलमा आएको फोन, मेसेज, भेटघाट, खर्च जस्ता कुराहरुमा यदि कुनै केटी पारदर्शी छैनन् भने त्यस्ता केटीलाई अहिले नै विदाई गरिहाल्नोस् किनकी यस्ता केटीले तपाईको जीवनमा कहिल्यै खुसी ल्याउन सक्दिनन् । यस्ता प्रकृतिका केटीबाट बढी खर्च गर्ने, परपुरुषहरुसँग लाग्ने जस्ता धेरै सम्भावना रहने विज्ञहरुको ठहर गरेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34