KFGVRFI34

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले करिब सवा ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ।

संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34