KFGVRFI34

बालबालिकामा मोटोपनको समस्या हुन नदिन के गर्ने ?

0

हाम्रो शरीरमा कार्बाेहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तìव आवश्यक हुन्छ । यदि शरीरमा आवश्यक पर्ने उक्त तìवको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ । त्यसका अलवा प्रोटिनको कमीले पनि मोटोपन हुने गर्छ ।

हरेक आमाबुवाको चाहना हुन्छ, आफ्नो बालबच्चा रुष्टपुष्ट (मोटो पुक्क परेको) हुन् भन्ने । मोटो बच्चा शारीरिक हिसाबले स्वस्थ हुन्छ भन्ने आम मानिसको बुझाइ छ । बालबालिका पुक्क परेको रुष्टपुष्ट राम्रो हुन्छ भनेर बस्दा कतै तपाईंका बालबालिका मोटोपनको सिकार त भएका छैनन् ?

मोटो बच्चालाई मुटुसम्बन्धी रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढी हुने विभिन्न अध्ययनले देखाएको छ । सामान्यतः ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । यदि युवासम्म पनि मोटोपनको समस्या रहिरहेमा प्रजनन स्वास्थ्यमा समेत असर गर्छ ।

मोटोपनको कारण

वंशाणुगत वा हर्मोनको गडबडीका कारण ।
अन्य कारणमा अत्यधिक मात्रा जङ्कफुड प्रयोग बढ्नु, इन्टरनेट, मोबाइलको बढी प्रयोग, कम शारीरिक कसरतका
बालबालिकामा शारीरिक कसरत कम हुनुका साथै काब्रोहाइडे«टयुक्त खानेकृराको प्रयोग बढी भएकाले पनि बालबालिका मोटोपनको सिकार हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।
मोटोपनले निम्त्याउने स्वास्थ्य समस्या

मोटोपनले बालबालिकामा विभिन्न शारीरिक तथा मानसिक समस्या निम्तिने गर्छ ।

मोटोपनले सानै उमेरमा मुटुरोग, उच्चरक्तचाप, कोलेस्ट्रोल वृद्धि, मधुमेह तथा श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिने चिकित्सक बताउँछन् ।
त्यसका अलवा कलेजोमा बोसो जम्ने, मानसिक समस्या जस्तै डिप्रेसन, तनावजस्ता शारीरिक र मानसिक समस्या निम्तिन्छ ।
त्यसका अलवा मोटो बच्चालाई कब्जियत हुने समस्या अन्य बच्चाको तुलनामा बढी हन्छ ।
मोटोपनको समस्या हुन नदिन के गर्ने ?

क्याल्सियम र फाइबरयुक्त खानेकुरा खुवाउन जोड दिने ।
नियमित शारीरिक व्यायाम र बाहिरी खेलकुदमा भाग लिन बढावा दिने ।
बालबालिकालाई गुलियोयुक्त र बजारमा पाइने पत्रु खानेकुराबाट टाढै राख्ने ।
बच्चामा शारीरिक कसरत कम भएमा घरमा नै नाच्न लगाउने, योगा गर्न लगाउने ध्यान गर्न लगाउने र ठूलो मानिसले घरको करेसाबारीमा काम गर्दा सहयोग गर्न लगाउने गर्नुपर्छ ।
बच्चालाई सकेसम्म पत्रु खानेकुरा कम खुवाउने र घरमा बनाएको खानेकुरामा जोड दिने गर्नुपर्छ ।
धेरै जना आमाबुवाले मोटो भयो भनेर दूध, दही, घिउजस्ता प्रोटिनयुक्त खानेकुरा खाना नदिने गरेको देखिन्छ तर यस्ता खानेकुरा पनि आवश्यक पर्ने हुँदा मोटो भए पनि यस्ता खानेकुरा सन्तुलित बनाएर खुवाउनुपर्छ ।
विद्यालयमा पढाइका अतिरिक्त नृत्य खेलकुदलगायत विभिन्न क्रियाकलापमा सक्रिय गराउने,
विद्यालय र घर दुवै ठाउँमा स्वस्थ खानपानमा ध्यानदिने, कार्बाेनेटयुक्त तथा चिनीयुक्त खाद्यान्न न्यून गर्ने ।
बच्चा जन्मिएको एक घण्टाभित्रदेखि छ महिनासम्म नियमित स्तनपान गराउने ।
बच्चालाई छ देखि सात घण्टा सुत्ने वातावरणको सिर्जना गर्ने ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34