KFGVRFI34

‘भिटामिन के’काे कमीका कारण लाग्ने राेग देखिने लक्षणहरु

0

रगतमा ‘भिटामिन के’काे कम हुन्छ उनीहरुको फोक्सोमा क्षति हुने सम्भावना बढी हुन्छ । यसको कमी भएका मानिसहरू दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) र घरघराहटबाट पीडित हुन्छन् ।

‘भिटामिन के’ हरियो सागसब्जी, वनस्पतिको तेल र अनाजमा पाइन्छ । यसले रगत जम्नमा भूमिका खेल्छ, र यसैले शरीरलाई घाउ निको पार्न मद्दत गर्दछ । तर, अनुसन्धानकर्ताहरूलाई फोक्सोको स्वास्थ्यमा यसको भूमिकाको बारेमा धेरै कम थाहा छ ।

‘भिटामिन के’ को फाइदाहरूमा हड्डीको स्वास्थ्य सुधार गर्ने र रगत जम्ने कामलाई बढावा दिने समावेश छ । यो एक बोसो-घुलनशील भिटामिन हो जसले मुटुको स्वास्थ्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यसले मस्तिष्कको कार्यलाई पनि सुधार गर्छ र क्यान्सरबाट बचाउँछ । ‘भिटामिन के’ ले रगतमा थक्का बन्नका लागि जिम्मेवार प्रोटिनलाई सक्रिय बनाउँछ, त्यसैले यो भिटामिन बिना रगत जम्न सक्दैन ।

खानाबाट लिइएको ‘भिटामिन के’ ले आन्द्राको ब्याक्टेरियालाई असर गर्छ । त्यसैले, शरीरमा ‘भिटामिन के’ को वर्तमान स्तरले आन्द्रा वा पाचन स्वास्थ्यलाई असर गर्छ । ‘भिटामिन के’ का फाइदाहरू मध्ये हृदय रोग रोक्न जस्ता कार्यहरू छन्। अध्ययनले देखाएको छ कि खानाबाट यो भिटामिन बढी प्राप्त गर्नाले हृदय रोगबाट मर्ने जोखिम कम हुन्छ। यसैले ‘भिटामिन के’को कमी धेरै खतरनाक छ।

‘भिटामिन के’ को कमीले लाग्ने रोगः

भिटामिन के को कमीले तपाईंलाई ओस्टियोपोरोसिस हुन सक्छ ।
भिटामिन के को कमीका कारण रगतको थक्का बन्दैन, जसका कारण घटनापछि धेरै रगत बग्न सक्छ ।
यसको कमीका कारण रक्तनली कडा हुन्छ र रक्तसञ्चारमा असर पर्छ ।
भिटामिन के को कमीका कारण तपाई मुटु रोगको सिकार पनि बन्न सक्नुहुन्छ ।
गर्भावस्थाको समयमा धेरै समस्याहरू आउने गर्दछ ।
‘भिटामिन के’ कमी हुँदा देखिने लक्षणहरुः

रक्तस्राव रोक्न समय लाग्ने ।
अत्यधिक रक्तस्राव ।
हड्डी कमजोर हुनु र अचानक फ्र्याक्चरको सिकार हुनु ।
भिटामिन के’ को कमी भएमा यी खानेकुरा खानुहोस्

हरियो पातदार तरकारीहरू जस्तै फुल कोभी , केरा , ब्रोकाउली र पालुङ्गोमा सबैभन्दा धेरै भिटामिन के हुन्छ । यसबाहेक केही अन्य खानेकुरामा पनि यो भिटामिन राम्रो मात्रामा पाइन्छ । जस्तै सोयाबिन र शुद्ध तोरीको तेल पनि प्रयोग गर्न सकिन्छ । त्यसैले भिटामिन के को कमीमा यी खानेकुरा खानुहोस् र यसको कमीबाट बच्नुहोला। एवोकाडो, ब्लुबेरी, अन्डा, बदाम र काजुमा उच्च मात्रामा ‘भिटामिन के’ र म्याग्नेसियम हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34