KFGVRFI34

भोलि बिहीबार सार्वजनिक विदा हुने

0

काठमाडौं उपत्यकामा बिहीबार (भोलि) सार्वजनिक विदा हुने भएको छ ।

सरकारले इन्द्रजात्राको अवसरमा असोज ११ गते, बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेवार समुदायले मनाउने इन्द्रजात्राका लागि भोलि सार्वजनिक विदा दिइएको हो । उपत्यका विदामा सरकारी कार्यालय, नेप्से तथा सेयर बजार बन्द हुन्छ ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइदै आईएको छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34