KFGVRFI34

धूम्रपानको लत छाड्न सक्नु भएन ? यो हो सजिलो उपाय

0

प्रायलाई थाहा छ, क्यान्सर र मुटु रोगको प्रमुख कारण धूम्रपान हो । चुरोटमा निकोटिन हुन्छ र निकोटिन लागूपदार्थ हो । धेरैले धूम्रपान त्याग्न अनेकौँ उपाय अपनाउँछन् । तर सकिरहेका हुँदैनन् । केही भोजनले भने चुरोटको तलतल लाग्न दिँदैन र बिस्तारै धूम्रपानको लत छुट्न सक्छ । यसकालागि तलका खानेकुरा खाँदा चुरोट छाड्न मद्दत हुनसक्छ ।
– तरकारीमा गाजर, ब्रोकाउली, काँक्रो र ज्वानो जस्ता कुरा चपाएर खाँदा चुरोटको तलतलबाट छुटकारा मिल्छ । नियमित यी कुरा खाँदा चुरोट बेस्वाद लाग्न थाल्छ ।
– चुरोटको तलतल छाड्न अदुवा सबैभन्दा प्रभावकारी मानिन्छ । एक टुक्रा अदुवालाई पिसेर एक चम्चा चिनीमा मिसाएर नियमित खाँदा धूम्रपानको लत छुट्दै जान्छ ।
– धूम्रपान त्याग्न सुन्तला खानु लाभदायक हुन्छ । सुन्तलाको जुस पनि त्यत्तिकै प्रभावकारी हुन्छ । यसमा भएको भिटामिन सिले चुरोटका कारण पुगेको क्षतिलाई पनि न्यूनीकरण गर्छ ।
– नुनिलो खानेकुरा खाँदा पनि चुरोट पिउन मन लाग्दैन । चुरोट तान्न मन गेको बेलामा नुनिलो खानेकुरा खानु लाभदायक हुन्छ ।
– गोलभेँडाको सुगन्धले चुरोटको गन्धलाई घटाउँछ । यसको जुस पिउँदा चुरोट पिउँदा जत्तिकै मजा आउँछ साथै हानि पनि हुँदैन ।
– चुरोट तान्दा पाउने सन्तुष्टि काजु बदाम चपाउँदा पनि मिल्दछ ।
– धूम्रपान गर्नेले एक्कासि चुरोट खान छाड्दा रगतमा चिनीको मात्रा घट्छ जसका कारण टाउको दुख्छ, चक्कर आउँछ । यस्तो बेलामा जौ खाँदा निकोटिन तिर फर्किन मन लाग्दैन ।
– दूधले स्वास्थ्यलाई लाभ त पुराउँछ नै यस अलावा नियमित एक गिलास दूध पिउँदा धूम्रपान गर्न मन लाग्दैन ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34