KFGVRFI34

यी हुन् मिर्गौला खराब गर्ने चिज

0

नूनमा हुने सोडियमले रक्तचाप बढाउन मद्दत गर्दछ जसले मिर्गौला खराब बनाउँदै लैजान्छ। यसले मिर्गौलामा पत्थरी हुने खतरा पनि बढाउँछ जसले पिसाब फेर्दा समस्या हुने, दुख्ने र टाउको दुख्ने हुन्छ ।

अधिक अल्कोहल : अधिक मात्रामा अल्कोहलको सेवनले पनि मिर्गौला खराब गर्दछ । यदि मिर्गौला स्वस्थ भएको व्यक्तिले सीमित मात्रामा अल्कोहल सेवन गर्नु स्वास्थ्यका लागि त्यति खराब मानिदैन । तर, मदिरा धेरै सेवन गर्न थालियो भने यसले मिर्गौलासम्बन्धी रोगको खतरा बढाउँछ ।

धुम्रपान : यदि तपाई अत्यधिक चुरोट पिउनुहुन्छ भने घातक मिर्गौलाको समस्या हुन्सक्छ । धुम्रपानले रक्तचाप र टाइप २ मधुमेहको खतरा बढाउँछ, जुन मिर्गौला रोगका प्रमुख दुई कारण हुन् । यसले मिर्गौलामा रगतको प्रवाह पनि न्यून बनाउँछ ।

पेनकिलरको प्रयोग : अधिक रुपमा पेनकिलरको प्रयोगले मिर्गौलालाई खराब गर्दछ । एस्पिरिन, एडभिल तथा आइब्रफेन सामान्यतया प्रयोग हुने पेनकिलर हुन् । सामान्य चिकित्सकको सल्लाहमा सेवन गर्दा यो सुरक्षित हुन्छ । तर, अत्यधिक रुपमा यसको प्रयोग गर्दा मिर्गौला खराब हुन जान्छ र मिर्गौलाले काम गर्न छाड्छ ।

अधिक मासुको प्रयोग : मासु सबैलाई मनपर्छ । सीमित मात्रामा खानु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, मासु धेरै खानु पनि मिर्गौलाको लागि एकदमै हानिकारक मानिन्छ । मासुमा राम्रो मात्रामा प्रोटिन हुन्छ । तर, मासुमा हुने प्रोटिनले रगतमा अम्लको मात्रा बढाउँदछ । जसका कारण मिर्गौलाले उक्त अम्लका कारण राम्रोसँग काम गर्न सक्दैन ।

कम पानी पिउनु : पानीले मिर्गौलाको कार्यक्षमता राम्रो राख्दछ । यही प्रक्रियाबाट नै शरीरको फहोर र विकारयुक्त चिज शरीरबाट निस्कने गर्दछ । शरीरमा पानीको मात्रा कम हुँदा मिर्गौला खराब हुन सक्छ ।

प्रशोधित खानेकुरा : प्रशोधित तयारी खानेकुराहरुमा उच्च मात्रामा सोडियम र फोस्फोरस हुने गर्दछ । सोडियमको बारेमा हामीले जानिसक्यौं । फोस्फोरस हाम्रो हाड र मिर्गौला दुवैका लागि घातक छ ।

पेयपदार्थको प्रयोग (सोडा) : हालै भएको एक अध्ययनले खाने सोडा र मिर्गौलाको समस्याबीच प्रत्यक्ष सम्बन्ध पुष्टि गरेको छ । ३ हजार महिलामा गरिएको अनुसन्धानले यो पुष्टि गरेको हो । दैनिक दुई वा तीनवटा सोडाको सेवन गर्ने महिलाको किड्नीको कार्यक्षमतामा ३० प्रतिशतले कमी आएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34