KFGVRFI34

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

0

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बैंकको संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २ लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। जसमा संस्थापक सेयरधनी विलबहादुर गुरुङको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दुकुमार थापाको ५३ हजार ८९१ कित्ता रहेका छन्।

बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि काठमाडौं डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34