KFGVRFI34

युरिक एसिड भएकाले के खाने, के नखाने ?

0

जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यत: खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ ।

राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पु¥याउनुपर्छ ।

के खान हुन्छ ?

रगतमा युरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको युरिक एसिडलाई पिसाबद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लिटर पानी पिउँनु आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउँनु पर्छ ।
प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुुन्छ । यसले युरिक एसिडलाई न्युट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुुन बाट बचाउँछ ।
दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले युरिक एसिडलाई न्युट्रलाइज गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।
अमिला फलफूलमा सिट्रक एसिड पाइन्छ । जसले युरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।
रेशा र चोकर युक्त, खस्रा मोटा र सग्ला खाद्यन्नकाे प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया सागसब्जी, खस्रामोटा अन्न र फलफूलमा भएका रेशाले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ
ज्वानोको झोलको सेवनले पनि यूरिक एसिड कम गर्न मद्दत पु¥याउँछ ।
केरा, ब्रोकाउली , काँक्रो गाजर जस्ता फलफूूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाइन्छ । यी फलफूलहरूमा पाइने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युरिक एसिडबाट हुने बाथ कम गर्न मद्दत गर्छ ।
आलस ओमेगा ३ को श्रोत हो । यसले युरिक एसिड बढेर हुने पीडालाइ कम गर्छ ।
ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रामा भएकोले युरिक एसिडमा राम्रो मानिन्छ ।

युरिक एसिड भएकाले के नखाने ?

रातो मासु, फल मासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता मासु खान हुँदैन । रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्न थाल्छ ।
समुद्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , ट्यूना, एन्कोभिज प्रजातीका माछाहरुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।
युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन खानु हुँदैन ।
कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउँछ ।
दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त यूरिक एसिड बन्छ ।
कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुंगो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।
जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूडमा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन सहयाेग गर्छ ।
अचार, तामा , गुन्द्रुक,सिन्की लगायतका खाँदेका खानेकुरा पनि खानु हुँदैन ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34